बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख खरेल कोरोनामुक्त

बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख खरेल कोरोनामुक्त

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन २८, २०७७

 बूढानीलकण्ठ  । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल कोरोना सङ्क्रमणबाट मुक्त हुनुभएको छ  ।  नगर प्रमुख खरेल कोरोना सङ्क्रमण भएपछि सेल्फ होम आइशोलेशन बस्नुभएको थियो । सङ्क्रमणको कुनै पनि लक्षण नदेखिएकै कारण पनि रोगबाट मुक्त हुन सफल भएको प्रमुख खरेलले बताउनुभयो ।  

आफ्ना सवारी चालकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएका खरेलमा समेत सङ्क्रमण पुष्टि भएको थियो ।  कोरोनामुक्त भएसँगै  आजदेखि कार्यालयका काममा फर्किने उहाँले बताउनुभयो ।