एक सय एक अविवाहित महिलालाई भत्ता

एक सय एक अविवाहित महिलालाई भत्ता

लोकसंवाद संवाददाता  |  समाज  |  चैत्र २०, २०७५

काभ्रे । पनौती नगरपालिकाले अविवाहित महिलालाई आफ्नै स्रोतबाट मासिक भत्ता दिने गरेको छ ।

नगर क्षेत्रका एक सय एक अविवाहित महिलाले मासिक रूपमा नगरपालिकाबाट भत्ता पाउँदै आएका नगरपालिकाको सामुदायिक विकास शाखा प्रमुख केशव बञ्जराले जानकारी दिए ।

३५ वर्ष पूरा भएका अविवाहित महिलालाई नगरपालिकाले मासिक एक हजार रूपैयाँका दरले भत्ता दिन थालेको खबर नयाँ पत्रिका दैनिकमा छ ।