राजस्थान रोयल्सको पहिलो जीत

राजस्थान रोयल्सको पहिलो जीत
बैंग्लौरको तेस्रो विकेट लिएपछि राजस्थान रोयल्सका श्रेयस गोपाल खुसी साट्दै । तस्बिर : क्रिकबज डट कम ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र २०, २०७५

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले पहिलो जीत दर्ता गरेको छ । मंगलबार राति सम्पन्न आफ्नो चौथो खेलमा राजस्थानले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ७ विकेटले हरायो । 

टस हारेर ब्याटिङ थालेको बैंग्लौरले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १५८ रन जोडेको थियो । उसका लागि पार्थिव पटेलले सर्वाधिक ६७ रन जोडेका थिए । यस्तै, मार्कस स्टोनिस र विराट कोहलीले क्रमशः ३१ र २३ रन लिए । 

जवाफी ब्याटिङ थालेको राजस्थानले एक बल बाँकी रहँदै तीन विकेट गुमाएर लक्ष्य भेटायो । टिमका लागि जस बटलरले सर्वाधिक ५९ रन जोडे । बलिङमा युजवेन्द्र चहलले दुई विकेट लिए । 

चार खेल खेलेको बैंग्लोर जीतविहिन छ ।