खोलामा डुबेर भुपू प्रहरी हवल्दारको मृत्यु

खोलामा डुबेर भुपू प्रहरी हवल्दारको मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन २९, २०७७

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आज खोलामा डुबेर भुपू प्रहरी हवल्दारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार वडा नं ८ का ५० बर्षीय कमलसिंह ठगुन्नाको छहरी खोलामा डुबेर मृत्यु भएको हो ।

'बिहान घरबाट निस्केका ठगुन्ना खोलामा डुबेको भेटिएका हुन', उहाँले भन्नुभयो, 'घटनाको प्रारम्भिक अनुसन्धानले मृतकले मादकपदार्थ सेवन गरेको बुझिएको छ ।' प्रहरीका अनुसार शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।