मधुमेह, उच्च रक्तचाप र कमलपित्तको बिरामी वडाध्यक्षको निधन

मधुमेह, उच्च रक्तचाप र कमलपित्तको बिरामी वडाध्यक्षको निधन

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन २९, २०७७

बैतडी । सुर्नया गाउँपालिका वडा नं ५ का वडाध्यक्ष केशव मडैको निधन भएको छ । उहाँको बिहीबार ७० वर्षका उमेरमा निधन भएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'बिहान घरमै रहेका बेला एक्कासि मुर्छा परेर ढलेपछि  उहाँलाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा पुर्‍याएपछि  दिउँसो ३ बजेतिर निधन भएको हो ।' 
 
वडाध्यक्ष मडै लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र कमलपित्तको बिरामी रहेको  गाउँपालिकाका उपाध्यक्ष लीला विष्टले जानकारी दिनुभयो ।   वडाध्यक्ष मडैको तीनचार दिनदेखि नै स्वास्थ्यावस्था सामान्य नरहेको बुझिन आएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो 'शव परिवारको जिम्मा लगाइसकिएकोे छ, परिववार तथा आफन्तले कालगतिले नै उहाँको मृत्यु भएको भनेपछि शव परीक्षण नै गर्न नदिएर लगेका छन् ।' मडै तत्कालीन नेकपा (एमाले) बाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।