कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि पाटन सिल

कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि पाटन सिल

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन २९, २०७७

बैतडी । पाटन नगरपालिका क्षेत्र आजदेखि आगामी कात्तिक ३ गतेसम्म सिल  गरिएको छ । नगरपालिकामा कार्यरत चार कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिल गरिएको  प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त पन्तले जानकारी दिनुभयो ।  

नगरपालिकाभित्र समुदायस्तरमै कोरोना भाइरसका सङ्क्रमित देखिन थालेपछि सिल गर्ने निर्णय भएको हो । नगरक्षेत्र सिल भएसँगै स्वास्थ्य र आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द  छन् । यसका साथै बजार, व्यवसाय, होटेल, विद्यालय, कार्यालय, संघसस्था, तालीम, गोष्ठी तथा सभासम्मेलनमा पनि रोक लगाइएको छ । यसका साथै कात्तिक ३ गतेसम्म आवतजावतमा समेत पूर्ण रुपमा रोक लगाइएको छ ।