प्रभु बैंककाे एक्स्टेन्सन काउण्टर जिल्ला प्रशासन कार्यलय पर्सामा

प्रभु बैंककाे एक्स्टेन्सन काउण्टर जिल्ला प्रशासन कार्यलय पर्सामा

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन २९, २०७७

काठमाडौँ । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा पर्सा जिल्लाको बिरगन्ज महानगरपालिकास्थित वडा नं ०९ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर ०७७ आश्विन २९ गते बिहिबारदेखि सञ्चालनमा ल्याएको जानकारी दिएकाे छ । 

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आफ्नो सेवा विस्तार गरेका जानकारी दिएको हाे । 

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने र  एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले  गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले २०९ वटा शाखा कार्यालय, १९४ वटा ATM, ५४ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको समेत बताउँदै आएकाे छ ।