कस्को घुम्ने गति कति, पृथ्वी देखी ब्लैक होलसम्म

कस्को घुम्ने गति कति, पृथ्वी देखी ब्लैक होलसम्म

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  चैत्र २०, २०७५

    तपाईसँग गति बारे प्रश्न गर्दा निश्चय पनि तपाई २०–३० मिनेट धाराप्रवाह आफ्नो ज्ञानगंगा प्रवाहित गर्नुहुन्छ । 

 र कथं कदाचित तपाई कुनै गुरुको शिष्य वा सान्नित्य लाभ प्राप्त गरेको ‘संशयआत्मा’ हुनुहुन्छ भने, ‘तौबा मेरी तौबा’ मैले आफ्ना पूर्व जन्मदेखी यसजन्मसम्म गरेको सबैभन्दा ठूलो गल्ती सावित हुन जान्छ मेरो यो प्रश्न गराई ! 

दुनियामा सबै भन्दा बाहियात र बकबासी कुनै लठुवा मनुवा छन भने मैले यसै वर्गमा पाएको छु । 

 म अब अन्य कुनै बकवास नगरि मूल विषय वस्तुमा फर्किन्छु । गति तपाईलाई थाहा भएकै कुरा हो । तपाई हिड्नु हुन्छ त्यो पनि गति हो, तपाई बसिरहँदा शरीरमा सतत संचार भईरहेको रगत पनि गति कै सूचक हो । हातले छुनु, नाकले सुघ्नु, कानले सुन्नु, जिब्रोले स्वाद थाहा पाउनु, आँखाले हेर्नु सबै सबै नै गतिकै प्रतिफलन हुन । सबै जानकारी द्रुतगतिले मस्तिष्कमा पुग्छन्, त्यही सबैको फैसला हुन्छ । 

साइकल देखी मोटरकार, हवाईजहाजसम्मको गति अनुभव तपाईले गर्नुभएको होला । 

मेरा नेपाली पाठकहरुसँग (अपवाद बाहेक) यो भन्दा बढि गतिको अनुभव छैन होला भन्नुमा अन्यथा हुन्न होला । त हामी सामान्य मानिसले १ हजार किमि प्रति घण्टा भन्दा वढी गतिको अनुभव लिएका छैनौं । अहिले सम्म हाम्रो जीवनको ‘मैक्सिमम’ र फाइनल गति यही नै हो । 

केही चन्द्रयात्री र ५०० हाराहारीका अन्तरिक्ष यात्राले भने यो भन्दा बढी गतिको अनुभव लिएका छन् । यसमा पनि सबैभन्दा बढी गतिले यात्रा गर्ने रेकर्ड अपोलो–१० मिशनका अन्तरिक्ष यात्रीको नाममा रहेको छ । २६ मे १९६९ चन्द्रमाको नजिक पुगेर फर्किने क्रममा थोमस स्टाफोर्ड, जोन युंग र इग्युन सेरननले ३९८९७ किमि प्रति घण्टाको गतिले यात्रा गरेका थिए । 

वैज्ञानिकले पठाएका मानिसविहीन रकेटको गति रेकर्ड भने नासाले न्यू होराईजन्स यानको नाममा छ । यसले ५८५३६ किमि प्रति घण्टाको वेगले पृथ्वीबाट अन्तरिक्षमा प्रवेश गरेको थियो

 ‘मैक्सिमम’ गतिको कुरा गर्दा प्रति घण्टाको गति भन्दा प्रति सेकेण्डको गति चर्चा गर्नु सजिलो हुन्छ । यस अनुसार ‘होराइजन्स’ को गति १६ किमि प्रति सेकेण्ड रहेको थियो । 

यस क्रममा खुशीको कुरा के भने चलिरहेको अप्रिल २०१९ मा गति सम्बन्धी सारा रेकर्ड हवसत हुन गईरहेका छन । 

७ नोभेम्बर २०१८ मा नासाले सूर्यको अध्ययनका लागि पठाएको ‘पार्कर सोलर प्रोब’ ले यसै अप्रिल महिनामा २०० किमि प्रति सेकेण्डको गति प्राप्त गर्ने  अनुमान रहेको छ । 

.तपाईलाई थाहा नै छ हामी बसेको पृथ्वी पनि गति गर्छ । पृथ्वीले आफ्नो अक्षमा ४६५ मिटर प्रति सेकेण्डले घुम्छ, भनौ प्रतिघण्टा १६७४ किमि । यसै गरि सूर्यको परिक्रमा गर्दा पृथ्वीको गति १९.७८ किमि प्रति सेकेण्ड अर्थात १०७२०० किमि प्रतिघघण्टा हुुन्छ । 

सौर्यमंडलको सबैभन्दा ठूलो ग्रह वृहस्पतिले अक्षको परिक्रमा १२.७ किमि प्रति सेकेण्ड अर्थात ४५००० कि.मि. प्रतिघण्टाले गर्छ । बृहस्पतिले गर्ने सूर्यको परिक्रममा गति १३.०७ किमि प्रति सेकेण्ड हुन्छ । सूर्यसँग टाढा भएको कारण बृहस्पतिलाई सूर्यको एक परिक्रमा पुरा गर्न ४३३२ दिनको समय लाग्छ । 

आफ्नो अक्षमा सबैभन्दा बढी गतिले घुम्ने ग्रह प्लुटो (क्षुद्रग्रह हो) यसले ४७.१८ किमि÷प्रति सेकेण्डले आफ्नो अक्षको परिक्रमा गर्छ । सूर्यको परिक्रमामा सबैभन्दा बढी गतिले परित्रक्रमा बुध ग्रहले गर्छ । बुधको सूर्यलाई परिक्रमा गर्ने गति ४७.८७ किमि प्रति सेकेण्ड हुन्छ ।          

प्रकृतिमा सबै कुरा गतिमान रहेका छन् । वैज्ञानिकले पत्ता लगाएको सबैभन्दा बढी गति प्रकाशको हुन्छ । प्रकाशले २९९७९२ किमि प्रति सेकेण्डले गति गर्छ । 

सूर्य पनि गतिमान छ । यसले आफ्नो अक्षको परिक्रमा १.९९७ किमि प्रति सेकेण्डले गर्छ । र आकाशगंगा ‘मिल्की वे’ को परिक्रमा सूर्यले २३० किमि प्रति सेकेण्ड गर्छ । सूर्यको यो गति भनेको प्रकाशको गतिको १÷१३०० भाग मात्र हो । 

सूर्यभन्दा बढी गति न्यट्रोन ताराको हुन्छ, न्यट्रोन ताराको अक्षमा घुम्ने गति ७१९५० किमि प्रति सेकेण्ड हुन्छ । यो प्रकाशको गतिको झण्डै २४ प्रतिशत हुन आउँछ । यस ताराले यस गतिबाट १ सेकेण्डमा आफ्नो अक्षको ७ वटा परिक्रमा पुरा गर्छ  ।  

सबैभन्दा बढी गतिले अक्षमा घुम्ने रेकर्ड ब्लैक होलको नाममा रहेको छ । ब्लैक होलले प्रकाशको गतिको ८४ प्रतिशत गतिले आफ्नो अक्षको परिक्रमा गर्छ । एउटा ‘सुपरमैसिभ’ ब्लैक होलले २,७०,००० किमि. प्रति सेकेण्डले आफ्नो अक्षको परिक्रमा गर्छ ।