चलचित्र 'का पे रनसिंगम' नेपाल र भारतमा एकसाथ रिलिज हुँदै : डिशहोमको सिनेमाघर ९९९ मा हेर्न सकिने

चलचित्र 'का पे रनसिंगम' नेपाल र भारतमा एकसाथ रिलिज हुँदै : डिशहोमको सिनेमाघर ९९९ मा हेर्न सकिने

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  आश्विन २९, २०७७

 ललितपुर ।  नेपालमै पहिलो पटक बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा डिशहोमले शुरुवात गरेको  जानकारी गराएको छ ।

असोज ३० गते रिलिज हुने चलचित्र 'का पे रनसिंगम' पे पर भ्यू सुविधा मार्फत डिशहोमका ग्राहकहरुले हेर्न पाउनेछन् । तमिल चलचित्र 'का पे रनसिंगम' सत्य घटनामा आधारीत, सामाजीक चलचित्र हो जसले दक्षिण भारतीय किसानहरुको कथा बोकेको छ । तमिल नायक विजय सेतुपथि अभिनित यो चलचित्र सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा दैनिक ३ सो बिहान १० बजे दिउँसो ४ बजे र राती १० बजे हेर्न  सकिने जानकारी दिएको छ ।  असोज १६ गते रिलिज भएको चलचित्र 'खाली पीली' हेर्न चाहनुहुने दर्शकहरुको लागी विहान ७ बजे दिउँसो १ बजे र बेलुकी ७ बजे हेर्न सक्नुहुनेछ ।

दैनिक ८ शो संचालन हुने सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा अब दैनिक ६ सो मात्र सञ्चालन हुने र चलचित्र  'का पे रनसिंगम' अथवा 'खाली पीलीर' हेर्न, आई.भि.आर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा  ः MOD999 आफ्नो CAS ID अनि हेर्न चाहेको चलचित्रको सो समय टाईप गरि साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिने पनि  डिशहोमले जानकारी दिएकाे छ   ।