चेन्नईको अपराजित हुने दाउ, मुम्बई दोस्रो जीतको खोजीमा

चेन्नईको अपराजित हुने दाउ, मुम्बई दोस्रो जीतको खोजीमा
मुम्बई इण्डियन्सका कप्तान रोहित शर्मा र चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनी (पहेलो ड्रेस)मा । फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र २०, २०७५

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार राति चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्स प्रतिष्पर्धा गर्दैछन् । 

चेन्नई आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ भने मुम्बई दोस्रो जीतको खोजीमा हुनेछ । मुम्बईलाई घरेलु समर्थकको पनि साथ रहनेछ । 

चालू आइपिएलको अहिलेसम्मको नतिजा विश्लेषण गर्ने हो भने चेन्नई सबैभन्दा बलियो टोली देखिएको छ । उसले अहिलेसम्म खेलेका सबै खेलमा सत प्रतिशत नतिजा निकालेको छ । यता मुम्बई भने चेन्नईको तुलनामा कमजोर देखिएको छ । समान खेल खेलेको मुम्बईले एक खेलमा मात्रै जीत निकालेको छ ।

यसअघि मुम्बई बैंग्लौरसँग विजयी भएको थियो भने किंग्स इलेभन पञ्जाव र दिल्ली क्यापिटलसँग पराजित भएको थियो । चेन्नईले भने रोयल च्यालेन्जर्स बैंग्लौर, राजस्थान रोयल्स र दिल्ली क्यापिटललाई हराएको थियो । 

को बलियो ? 

दुवै टिमबीच अहिलेसम्म भएका खेल नतिजाका आधारमा मुम्बई बलियो देखिएको छ । यी दुई टिमबीच भएका २४ खेलमध्ये मुम्बईले १३ मा जीत निकालेको छ । यस्तै, चेन्नईले ११ खेलमा मात्रै जीत निकालेको छ ।