यी हुन् आइपिएलमा पाँच हजार रन बनाउने खेलाडी

यी हुन् आइपिएलमा पाँच हजार रन बनाउने खेलाडी

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र २०, २०७५

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)मा दुई खेलाडीले मात्रै पाँच हजार रनको कोशेढुंगा पार गरेका छन् । 

चेन्नई सुपर किंग्सका सुरेश रैना र रोयल च्यालेन्जर्स बैंग्लौरका विराट कोहलीले मात्रै आइपिएलमा पाँच हजार रनको कोशेढुंगा पार गरेका हुन् । 

सुरेश रैना 

रैनाले चालू आइपिएलको आफ्नो पहिलो खेलमा पाँच हजार रन पूरा गरेका हुन् । उनी आइपिएलमा पाँच हजार रन बनाउने पहिलो खेलाडी पनि हुन् । उनले अहिलेसम्म आइपिएलमा सर्वाधिक पाँच हजार ७० रन बनाएका छन् । उनले यो रन १७५ इनिङमा ३४.२६ को औशतमा बनाएका हुन् । 

विराट कोहली 

कोहलीले पाँच हजार २६ रन बनाएका छन् । उनले यो रन १५९ इनिङमा ३७.७५ को औशतमा बनाएका हुन् ।