घुम्ती शिविरमार्फत वडास्तरीय अपाङ्ता परिचयपत्र वितरण

घुम्ती शिविरमार्फत वडास्तरीय अपाङ्ता परिचयपत्र वितरण

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन ३०, २०७७

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । 

वडा–१ श्यामशिला र वडा–२ तिवारीभञ्याङमा सञ्चालन गरिएको वडास्तरीय घुम्ती शिविरमार्फत ४१ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ । 

अपाङ्गता भएका व्यक्तिलाई घरदैलोमै अपाङ्गता परिचय पत्र वितरण गर्ने उद्देश्यले वडास्तरीय घुम्ती शिविर सञ्चालन गरिएको थियो । शिविरमा श्यामशिलामा ‘क’ वर्गका ३, ‘ख’ वर्गका ८, ‘ग’ वर्गका ८ र ‘घ’ वर्गका चार जनालाई परिचय पत्र वितरण गरेको गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले जानकारी दिनुभयो । 

त्यस्तै तिवारीभञ्याङमा ‘क’ वर्गका एक, ‘ख’ वर्गका तीन, ‘ग’ वर्गका सात र ‘घ’ वर्गका आठ जनालाई परिचय पत्र प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।