कोरनाका कारण कर्मचारीलाई बिदा

कोरनाका कारण कर्मचारीलाई बिदा

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन ३०, २०७७

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको अतिदुर्गम क्षेत्रका समुदायमा  दिगो जीविकोपार्जनका लागि आर्थिक सहयोग गर्दै आएको समृद्ध पहाड परियोजनाले  कोरोनाको कारण कार्यक्रम गर्न नसक्दा त्यहाँ कार्यरत कर्मचारीलाई  बिदा दिने भएको छ ।

कोरोनाका कारणले ठूलो कार्यक्रम ल्याउन नसकेको र भएको कार्यक्रम पनि सीमित क्षेत्रमा मात्र गर्ने भएकाले  आवश्यक  बाहेकका कर्मचारीेलाई बिदा दिन निर्देशन आएको  परियोजनाका  कार्यक्रम संयोजक चित्राकुमारी चङसुले बताउनुभयो । आर्थिक वर्ष सकिएको तीन महिनापछि कर्मचारीलाई  बिदा दिनू भनेर परियोजनाले गत असारमा पत्र पठाएको थियो, तीन महिना असोज मसान्तमा सकिने भएकाले सोअनुसार कर्मचारीहरूलाई व्यवस्थापन गर्न समस्या भएको उहाँको भनाइ थियो ।   
  
बेलायती नगरिक ग्राम रिक्लीको आर्थिक सयोगमा विगत २०६९  देखि ताप्लेजुङको हिमाली तथा अति दुर्गम क्षेत्रमा बसोबास गर्ने समुदायका लागि सो कार्यक्रम सञ्चालन हुँदै आएको कार्यक्रम संयोजक चित्राकुमारी चङसुले बताउनुभयो । परियोजनाको प्राविधिक सहयोगमा ताप्लेजुङको दुर्गम गाउँ कञ्चनजघा संरक्षण क्षेत्रमा ४ वटा सहकारी संस्था स्थापना गरि प्रत्येक घर परिवार सहकारीको शेयर सदस्यमा आवध गाराई वित्तीय सेवामा सहज ल्याएको कार्यक्रम संयोजक चङसुले बताउँनु भयो ।

उहाँका अनुसार छ कार्मचारी कार्यरत रहेकामा चारजनालाई बिदा दिनुपर्ने भएको हो ।