धर्म संकल्प र विकल्प :मनको त्राण जसले गर्छ त्यही मन्त्र हो
कार्तिक २, २०७७

अहं क्रतुरहं यज्ञः स्वधाहमहमौषधम् ।
मन्त्रो ऽहमहमवताज्यमहमग्निरहं हुतम् ।। १६ ।।

अन्वय र अर्थ – अहं क्रतुः = म नै क्रतु, अहं यज्ञः = म नै यज्ञ, अहं स्वधा = म नै स्वधा, अहं औषधं = म नै औषधि, अहं मन्त्रः = म नै मन्त्र, अहं एव आज्यं = म नै आज्य, अहं अग्निः = म नै अग्नि, अहं हुतं = म नै होम हुँ ।

भावार्थ – म नै क्रतु (श्रौत कर्म विशेष), म नै यज्ञ (स्मार्त कर्म विशेष), मनै स्वधा (पितृ कर्म विशेष), म नै औषधि, म नै मन्त्र (देव पितृलाई हवि पुर्‍याउने), म नै आज्य (हविघृत), म नै अग्नि (होम गरिने), म नै हवन (हवि) रूप कर्म हुँ ।

विशिष्टार्थ – द्वैत दुईको नाम हो र अद्वैत एकको नाम हो । यो द्वैताद्वैत विवर्जित 'म' हुँ । अर्जुन ! हेर, तिमीमा द्वैत पनि छैन, अद्वैत पनि छैन, किन कि तिमी (त्वं) म (अहं) भैसकेका छौ । चौध भुवन शब्दभित्र जे जति छ त्यो सबै  'म' हुँ ।  'म' के हुँ ?

'अहं ऋचुः' – वेद विहित क्रियालाई क्रतु भन्दछन्, अर्थात् ज्ञानद्वारा जे जस्तो क्रिया गरिन्छ त्यही  'म' हुँ । ऋतु–सोमरस साध्य योग हो । सोम = चन्द्रमा, चन्द्रमाबाट जुन सुधाको क्षरण हुन्छ त्यही पुष्टि अर्थात् अमृत हो । यस अमृतबाट जगतमा जे जस्तो दर्शनीय छ, त्यसैको पुष्टि साधन हुन्छ, (आठौं अ. को चौथो श्लोक अधियज्ञ हेरौं) । जब शरीरभित्र कुनै केही उपादान अर्थात् खाद्यवस्तु दिइन्छ, त्यही खाद्यवस्तु पेटभित्र गएपछि जठराग्निद्वारा त्यसको पाचन हुन्छ । पश्चात् ठोस पदार्थ एकातिरबाट जान्छ, जलांश अर्को तिरबाट जान्छ र प्रदूषित वायुलाई अपानवायुले बाहिर फालिदिन्छ । पचेर जुन एकदम सारतत्व बनेर रहन्छ यसलाई अग्निले अरू क्षय गर्न सक्दैन, त्यसैको नाम अमृत हो ।

त्यही अमृत मेरुदण्डको आश्रय लिएर वायुको सहायताले शरीरका प्रत्येक अणुको संयोग स्थलमा ती सबैको क्षयांश आपूरण गरेर सहस्रारको मूल त्रिकोणमा पुग्दछ । त्यस त्रिकोणमा तीन मुख छन्– एकमुख इडानाडीमा, एकमुख पिङ्गलामा र एकमुख सुषुम्नामा मिलेको छ । इडानाडीबाट जुन धारा शरीरमा घूमफिर गर्छ त्यसैबाट शरीरको पुष्टि हुन्छ । (साधकले थाहा पाउने छ– जब उसको वाम नासिकामा श्वास प्रबाहित हुन्छ तब उसलाई क्षुधा (भोक) लाग्दैन । )

जब अहंमुखी वृत्ति लिने समय आयो, मेरो उद्धारकर्ता श्री गुरुदेवले ती दुबै मुखलाई एक गरेर जस्सैरगड्दिनुभयो तब तुरुन्त जलेर मेरो जुन योनि माया वा महत् हो, त्यसलाई खाएर आफ‌ैंले नै क्रिया समाप्ति गरेर माथि आएर विश्राम लियो अर्थात् 'म'बन्यो । अतएव अग्नि पनि  'म' हुँ ।

जुन धारा सुषुम्ना मार्गमा सञ्चरण गर्दछ त्यसले साधकको ज्ञानलाई बढाउँछ र जुन धारा पिंगलामा बगिरहन्छ, त्यस धारालाई सूर्यरूपिणी महामायाले खाइदिन्छे । (साधकले थाहा पाउने छ, जब उसको दक्षिण नासामा श्वास बग्छ तब उसलाई क्षुत्बोध हुन्छ, किन कि यस सुधाको अपक्षयमा  आपूरणको  आवश्यकता पर्नेछ  अर्थात् खाद्य  द्रव्य शरीरमा पठाउनु पर्ने हुन्छ (खाद्य द्रव्यको प्रयोजन संझाउनुलाई नै  'क्षुधा' भन्दछन्) ।

साधक गुरूपदिष्ट क्रम अनुसार जिब्रोलाई घाण्टीको नलीभित्र प्रवेश गराएर ऊध्र्वमुखमा नासारन्ध्रको पछिल्तिर लगेर श्लेष्माको स्थान अतिक्रमण गरेर वायाँतिर झुकाउनाले नै सुधाकूप अर्थात् ब्रम्हरन्ध्र पाइनेछ । त्यस स्थानबाट हुँदै त्यो अमृत पिङ्गलामा जान्छ । रसना (जिब्रो) द्वारा पिङ्गलाको द्वार अवरुद्ध गर्नाले, जिब्रोको टुप्पोलाईदाँतले दवाउँदा जुन योनिस्थान देखिन्छ त्यस योनिस्थानमा त्यस सुधाकूपस्थ लिङ्गको संयोग भएर सुधाक्षरण प्रबाह वगिरहन्छ ।

यो सुधा  जिव्हको आश्रय गरेर जठरमा आएर बैश्वानर अग्निमा पर्दछ । बैश्वानरले त्यसलाई अरू पचाउन सक्दैन । अथवा त्यो सुधाले बैश्वानरलाई तृप्ति दिएर मेरुदण्डको आश्रय गरेर तथा पुनः समस्त शरीरका प्रत्येक अणुका संयोगलाई पुष्टि दिएर फेरि सहस्रारको मूल त्रिकोणमा पुग्दछ । यस्तो बारंबार आउने जाने भइरहन्छ । यस अवस्थामा आइपुग्दा साधकको अपक्षय शून्य हुन्छ, यस अपक्षय शून्यको नाम नै परिणाम शून्यता हो । यो परिणाम शून्यता जसमा छ त्यही नै अपरिणामी हो । जो अपरिणामी हो त्यही सत्, ब्रम्ह वा  'म' हुँ । अब साधक ! बुझ लौ, 'अहं क्रतुः' वाक्यको अर्थ के हो ?

'अहं यज्ञः' – यस आदान–प्रदान रूप क्रियालाई नै यज्ञ भन्दछन् । किन कि सर्व प्रकार यज्ञ जसलाई आश्रय गरेर रहन्छ त्यो नै विष्णु हो (विष+ण+उ) विष = व्याप्ति वा व्यापन हो, ण =निर्गुण, उ =पञ्चदेव – समष्टि, अर्थात् शिव, शक्ति, गणेश, विष्णु, सूर्य – यी पाँचलाई गलाएर एक गरिदिनाले पञ्चदेव समष्टि हुन्छ । यस अवस्थामा सबै एक छन्, कुनै गुणको क्रिया रहदैन, जस्तो गुलियो घोलिएको ऊखुको रस । सबैमा सबै व्याप्त भइरहेको छ, यसरी विश्व व्यापक चैतन्य आत्मा नै विष्णु हो । यस शरीररूप विश्वमा त्यो आदान—प्रदान रूप पुष्टि क्रिया नै पालन हो । जुन चैतन्य सत्ताले त्यो पालित (सम्पादिन) हुन्छ त्यो नै विष्णु हो, सोही विष्णु यज्ञेश्वर हो, त्यसकारण त्यो यज्ञ पनि  'म' हुँ ।

'अहं स्वधा' – स्वधा अग्निदेवकी पत्नी हुन् । अग्निको अर्को नाम तेज हो । यो तेज– सोहागिनी शक्ति पनि  'म' हुँ । यो अवस्थालाई राम्ररी व्यक्त गर्ने युक्ति छैन । साधक ! बुझ, जीवत्वबाट ब्रम्हत्व लिनका लागि जाँदा चित्त माथितिर जानेबेलामा जुन महाशक्तिले तेजलाई सहायता गर्दछ, त्यही स्वधा हो ।

'स्व' शब्दमा आफ्नाे  र एक ठाउंबाट हिड्न प्रारम्भ गरेर जहां जाँदा तदाकार अनि एक विश्राम भूमिकामा  उपनीत् हुनुको नाम 'धा' हो । जस्तो गीतको सम । म जो  'म' बाट सृष्टि सुख भोग गर्नका लागि आत्महारा भएर दौडेको थियो सृष्टि भोग पनि पुनः जुन  'म' जहाँबाट दौडेको थिएं सोही  'म' मा आइपुग्यो, यही भयो मेरो  'धा' । अतः  'म' स्वधा हुँ ।

'अहं औषंध' – जसले रोग नाश गरेर जीवलाई बचाउँछ त्यो औषध हो । जीव जबसम्म जीव रहन्छ तवसम्म कुनै प्रकारले उसको बाँच्ने उपाय छैन । जीवको कार्य जन्म र मरण भोग गर्नु नै हो । त्यस जन्म मरण भोगलाई नै भवव्याधि भन्दछन् । यस व्याधिको वैद्य  'गुरु' हो । गुरुको मुखबाट निःसृत जुन  'म' वाचक शब्द हो, त्यसैलाई औषधि भन्दछन् । त्यसको प्रयोग गर्दै गर्दै, त्यो शब्द जन्म मरण रूप जीवत्वको क्रियाशेष गराएर  'म' त्वमा ल्याएर फालेर 'म' गराइदिन्छ, आफू पनि  'म' हुन्छ । अतः औषधि पनि  'म' हुँ ।

'अहं मन्त्रः' – मनको त्राण जसले गर्छ त्यही मन्त्र हो । मनको धर्म संकल्प र विकल्प गर्नु हो । एक छोड्नु अर्को समाउनु, एक छोड्नु अर्को समाउनु; जुकोको जस्तै मनको यो कार्य अविश्रान्त चलिरहन्छ । यो मन जब सम्पूर्णरूपले वृत्तिशून्य हुन्छ, मनको त्यो निर्वृत्तिक अवस्था नै  'म' हुँ । अतः म मन्त्र हुँ ।

'अहं आज्यं' – हविलाई आज्य भन्दछन् । जुन पुनर्भव त्यही हवि हो । किन कि हवनद्वारा हुत वस्तु सूक्ष्मत्व लिएर वायुतत्वसंग मिलेर आकाशमा पुगेर पाँचै तत्वको सोधन गर्छ अर्थात् बलियो बनाइदिन्छ । पुनः नवीन शक्तिले शक्तिमान बनेर प्रत्येक तत्व सहस्रमुखले क्रिया गर्न थाल्दछ ।  यस क्रियाद्वारा  समस्त प्रजा–शरीरमा समयोचित आवश्यकीय शक्ति सञ्चार हुन्छ । त्यसकारण ती सबै प्रजाले पनि फेरि सुन्दर सुन्दर नवीन प्रजाको उत्पत्ति गर्दछन् ।

यो भयो बहिर्जगत्को क्रिया । अनि जब अन्तर्यागमा, साधक ! तिमी 'म' मा 'म' लाई हवन गर, त्यो पनि प्रत्यक्ष गरेर संझ बुझ । तिम्रो जुन बहिर्जगन्को 'म' (अधोमुखीवृत्ति) छ उसै  'म'  लाई गुरूपदिष्ट क्रियाले समेट्दै समेट्दै सबै समेट्न शेष गरेर जब सर्वशेषको  'म' मा कुंद्दछौ, तब एक पटक हेर, त्यस  'म' बाट नै तिमी कटिबद्ध भएर सृष्टिमुखी वृत्तिलाई लिएका थियौ,  कैयौं सृष्टि पनि गरेका थिर्यौ, अव तिनै सबै सृष्टिलाई समेटेर जुन  'म' बाट बारिह भएका थियौं फेरि त्यही 'म' हुन्छौ । अतः आज्य वा हवि शब्दमा पुनर्भव अर्थात् 'म' नै  'म' हुँ ।

'अहं अग्निः' – अग्नि पनि  'म' हुँ । स्वयोनिभुक् अर्थात् आप्mनो उत्पत्ति स्थानलाई जसले खान्छ त्यसलाई अग्नि भन्दछन् । काठभित्र अग्नि छ, परन्तु काठ आफैं बल्दैन । दुई काठ लिएर मन्थन गर्नाले (रगड्नाले) अग्नि उत्पन्न हुन्छ र आफ्ने  उत्पत्ति स्थान जुन काठ हो  उसलाई नै खान्छ अनि पछि आफूले पनि विश्राम लिन्छ । जबसम्म त्यो काठ र अङ्गार रहन्छ, तबसम्म मात्र अग्निको नाम ऊध्र्वशिख हो अर्थात् जसको शिखा ऊध्वदिशामा छ । जब मैले मायाको गर्भमा प्रवेश गरेको थिएं, प्रवेशपछि मैले आफ्नाे  स्वरूपलाई लुकाएको थिएं, तबसम्म काष्ठगत अग्नि जस्तै मायाको शरीरमा विराजमान थिएं ।

जति दुर्दशा वा सुदशा काठमा आइपरेको थियो काठका साथै मैले पनि त्यो भोगेको थिएं । त्यस्तै मायामा पनि हुन्छ । यो सृष्टिमुखी वृत्ति काठ हो । फेरि जब अहंमुखी वृत्ति लिने समय आयो, मेरो उद्धारकर्ता श्री गुरुदेवले ती दुबै मुखलाई एक गरेर जस्सैरगड्दिनुभयो तब तुरुन्त जलेर मेरो जुन योनि माया वा महत् हो, त्यसलाई खाएर आफ‌ैंले नै क्रिया समाप्ति गरेर माथि आएर विश्राम लियो अर्थात् 'म'बन्यो । अतएव अग्नि पनि  'म' हुँ ।

'अहं हुतं'– हुत शब्दमा हवन कार्य अर्थात् जुन गुरूपदिष्ट क्रियाद्वारा यस जगद्व्यापारलाई  'म' मा अर्थात्ब्रम्हाग्निमा आहुति दिएर मुक्ति प्राप्त गरिन्छ, सोही क्रिया हो ।यो क्रिया पनि  'म' हुँ ।

    पिताहमस्य जगतो माता धाता पितामहः ।
    वैद्यं पवित्रमोङ्कार ऋक्सामयजुरेव च ।। १७ ।।

क्रमशः

शरीर त्याग तथा काल के हो ? पुनरावृत्ति अर्थात् पुनर्जन्म बारेमा उपदेश !

भूतहरूको उत्पत्तिकर्ता र ससीमकी आमा

सत्त्व, सत्वरजः, रजस्तमको उच्च स्थानमा वास र बन्धन

साधनाको  शेष : ज्ञानाग्निमा अज्ञानता आफै आहुतिमा जलेर चिरकालका लागि भस्म हुन्छ

काठभित्रकाे अग्नि : उत्पत्ति हुने स्थानलाई नै खान्छ अनि पछि आफूले पनि विश्राम लिन्छ