डेढ दर्जन बाछिटा

डेढ दर्जन बाछिटा

डा. सदानन्द कडेल  |  साहित्य  |  कार्तिक १, २०७७

(१)
सलाम 
सिमाना कोर्ने 
कलम 

(२) 
आवाज 
माटोको रक्षा 
कवाज 

(३) 
बाँचेको  
हेर्नुछ दुखी 
हाँसेको 

(४) 
शिक्षामा 
फलको आशा      
भिक्षामा      

(५) 
गाडीमा 
सपना फस्यो 
खाडीमा 

(६) 
बल्झियो 
काँडामा माउ  
अल्झियो     

(७) 
थैलीले  
बाटो बिरायो   
शैलीले 

(८)
बर्गीय 
नाताका जरा 
स्वर्गीय 

(९) 
जंघार 
तरेर भुल्यौ 
संघार 

(१०) 
फेरियो 
बिचौलियाले 
घेरियो  

(११) 
ढंगले 
विवेक खाला  
दम्भले 

(१२) 
घुम्रियो  
तावाका माछा  
भुँग्रियो   

(१३) 
मनले 
दुखेसो सुन
ध्यानले 

(१४)
अँगालो 
भुलेर फाट्यो 
भंगालो  

(१५) 
कुलैमा 
होकी फोहोर   
मूलैमा 

(१६) 
पर्खन्न  
बहेको नदी 
फर्कन्न 

(१७) 
फेरन
दिलको ऐना 
हेरन 

(१८)
आकाश 
धर्तीमा स्वर्ग  
झकास ।