‘इमानकोपहाड’ मुक्तकसंग्रह र ‘यस्तै भयो यो जुनीमा’  गीति एल्बम  दुई  कृति सार्वजनिक

‘इमानकोपहाड’ मुक्तकसंग्रह र ‘यस्तै भयो यो जुनीमा’  गीति एल्बम  दुई  कृति सार्वजनिक

लोकसंवाद संवाददाता  |  साहित्य  |  कार्तिक १, २०७७

 

काठमाडौं ।  साहित्यकारदेवेन्द्र केसी ‘देवु’को मुक्तकसंग्रह ‘इमानको पहाड’ र गीति एल्बम ‘यस्तै भयो योजुनीमा’ सार्वजनिक गरिएका छन् ।

२०७७ कार्तिक १ गते शनिबार काठमाडौंमा आयोजित एककार्यक्रममा साहित्यकार एवं पूर्वअर्थमन्त्री शंकर कोइरालाले दुवै कृति सार्वजनिक गर्नु भएकाे हाे । 

 त्रिभुवन अन्तर्राष्ट्रियविमानस्थलका महाप्रबन्धकसमेत रहनु भएका केसीले यसअघि नै तीनवटा कृति प्रकाशित छन् । इमानको पहाड कृतिमाथि टिप्पणीगर्दै युवासमालोचक महेश पौड्यालले केसीमा कोमल, नरम र हृदयसंवेद्य शब्दहरूकोसंयोजन गरेर काव्य रचना गर्ने अद्भुत सामर्थ्य रहेको बताउनु भयाे ।

पौडेलले केसीमा कठोरअभिव्यक्ति दिनुपर्ने विषय र सन्दर्भमा समेत सुकोमल शब्दको प्रयोगबाट मुटु छेड्नेप्रस्तुति दिने कला लोभलाग्दो रहेको टिप्पणी गरे । यो जुनीमा यस्तै भयोएल्बममाथि बोल्दै उक्त एल्बमका संगीतका शक्तिबल्लभले निकै सरल शब्द, सहज अभिव्यक्ति र सुन्दर अनि कलात्मक प्रस्तुति केसीका गीतमा रहेको बताउनु भयो ।  लोकजीवनका बिम्ब, पौराणिक कथाका पात्रलाई समेत गीतमा उन्न सक्नेकेसीको खुबीको शक्तिबल्लभले प्रशंसा गर्नु भएको थियाे  ।

समालोचक, कवि घनेन्द्र ओझाले देवेन्द्रकेसीका रचनामा प्रकृति र इमानको अत्यन्त धेरै प्रयोग भएको बताउँदै  लोकजीवनमै जन्मेहुर्केका केसीको लोकसाहित्य, लोककला र लोकसंस्कृतिप्रतिको प्रेम उदेकलाग्दो भएको ओझाको टिप्पणी थियो ।

गीतकार संघका अध्यक्ष चूडामणिदेवकोटाले सुन्दर, राष्ट्रप्रेमयुक्त र कलात्मक गीत रचना गर्ने केसीको गीत लेखनमा निरन्तरताको कामना गर्नु भयो । गीतकार, कवि शंकर कोइरालाले देवेन्द्र केसी कविता, मुक्तक र गीत तीनवटै विधामासशक्त रहेका बताउँदै अवकाशपछिको जीवन साहित्य र संगीतमै समर्पित गर्न सुझाव दिनु भयाे । 

कवि, गीतकार केसीले प्रकृति र संगतका कारण साहित्यमा लागेको बताउँदै साथीभाइ र परिवेशले आफू यतातर्फ निरन्तर होमिएको सुनाउनु भएकव थियाे । गीति एल्बम यो जुनीमा यस्तै भयोमा शक्ति बल्लभको एकल संगीत रहेको छ भने चर्चितगायकहरू आनन्द कार्की, शिशिर योगी, स्वरूपराज आचार्य, मिलन नेवार, नवीन कार्की, सुमित खड्का र शक्ति बल्लभ स्वयंले एल्बममा स्वर दिएकाे समेत जानकारी दिएकाे छ ।