खाँदबारीका कृषकलाई आधुनिक हलो  वितरण

खाँदबारीका कृषकलाई आधुनिक हलो  वितरण

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक ३, २०७७

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कृषकलाई  आधुनिक हलो (मिनीटिलर) वितरण गरेको छ । परम्परागत कृषि पेशालाई  व्यावसायिक र आधुनिकीकरण बनाउन खाँदबारी नगरपालिकाले कृषकलाई २८  आधुनिक हलो वितरण गरेको छ । श्रम र समयको बचत, सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् । नगरपालिकाले कृषकलाई अनुदानमा आधुनिक हलो मिनीटिलर वितरण गरेको नगर प्रमुख मुरारीप्रसाद खतिवडाले जानकारी दिनुभयो ।
 
आधुनिक खेतीप्रणाली विकास गर्न किसानलाई मिनीटिलर वितरण गरिएको हो । नगरपालिकाले नगरभित्रका किसानलाई व्यावसायिक कृषि प्रणालीको शुरुआत गर्न ५० प्रतिशत अनुदानमा मिनीटिलर उपलब्ध गराएको खाँदबारी नगर प्रमुख खतिवडाले बताउनुभयो । किसानलाई राज्यले गरेको लगानी खेर नफाली उत्पादनमा वृद्धि गर्दै बढीभन्दा बढी मात्रामा आर्थिक उपार्जनतर्फ लाग्ने नगर प्रमुखले खतिवडाले आग्रह गर्नु भयो ।
       
प्रतिहलो ६३ हजार २५० रुपैयाँ मूल्य पर्ने मिनीटिलर नगरपालिकाको ५० प्रतिशत अनुदानमा वितरण गरिएको  नगरपालिका कृषि शाखाका प्रमुख मेगराज पोख्रेलले जानकारी दिनु भयो ।  नगरले किसानको ५० प्रतिशत लगानीमा नगरभित्रका २८ मिनीटिलर एक करोड ७७ लाख एक हजार रुपैयाँ मूल्य बराबरको  वितरण गरेको जनाएको छ । नगरका ११ वडाका कृषक तथा कृषि समूहलाई एकएक वटाका दरले टिलर उपलब्ध गराइएको  उहाँको भनाइ छ । वडामा दुई–दुई वटाका दरले र कृषि क्षेत्रमा लगाव धेरै भएका ६वटा वडामा एकएक  थप गरेर टिलर वितरण गरेको उहाँको भनाइ छ ।नगरले हरेक वर्ष किसानलाई मिनिटिलर वितरण गर्दै आएको छ ।