सैँतीस करोड मूल्य बराबरको रासायनिक मल बिक्री

सैँतीस करोड मूल्य बराबरको रासायनिक मल बिक्री

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक ३, २०७७

वीरगञ्ज । सरकारी स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले १४ स्थानीय तहमा आफ्ना डिलरमार्फत आर्थिक वर्ष २०७६/७७ मा  ३६ करोड ९३ लाख सात हजार ८६० रुपैयाँ मूल्य बराबरको करीब १४ हजार ८५९ दशमलव ४५ मेट्रिक टन रासायनिक मल बिक्री गरेको छ ।
 
सो कार्यालयले पर्सा जिल्लामा रहेका  १४ वटा स्थानीय तहमा रासायनिक मल बिक्री वितरण गर्ने आफ्ना डिलरलाई स्थानीय तहको सिफारिसमा उक्त मल वितरण गरेको प्रादेशिक प्रबन्धक गोरखनाथ केसीले बताउनुभयो । स्थानिय तहका जनप्रतिनिधिले भने रासायनिक मल वितरण प्रणालीमा पारदर्शीता नभएका कारण ठोरी गाउँपालिका लगायतका सुदूर ग्रामीण क्षेत्रसम्म रासायनिक मल पर्याप्त मात्रामा नपुगेकाले धान खेतीमा पर्न गएको बताएका छन् ।

 पर्सागढी नगरपालिकाका प्रमुख लोकनारायण यादवले नेसनल ट्रेडिङ लिमिटेडले मल वितरणबारे  विस्तृत जानकारी नभएको गुनासो गर्नुभयो ।