साल्ट ट्रेडिङ्ग कार्पोरेशन लिमिटेडद्वारा सहुलियत दरमा चिनी र नुन बिक्री

साल्ट ट्रेडिङ्ग कार्पोरेशन लिमिटेडद्वारा सहुलियत दरमा चिनी र नुन बिक्री

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक ३, २०७७

लहान । विजयादशमी, दीपावली र छठ पर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ्ग कार्पोरेशन लिमिटेड, लहानले सहुलियत दरमा चिनी र नुनको बिक्री बितरण शुरु गरेको छ । 
साल्ट्र ट्रेडिङ्ग कार्पोरेशनले चिनी प्रतिकिलो  ७० रुपैयाँ र नुन प्रतिकिलो १८ रुपयाँमा बिक्री वितरण गरिरहेको कार्यालय प्रमुख जितेन्द्र साहले जानकारी दिनुभयो ।

गत असोज १५ गतेदेखि सञ्चालन भएको सहुलियत दरको पसल आउँदो मङ्सिर ६ गतेसम्म नियमित रुपमा खुल्नेछ ।