दलित तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री

दलित तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री

लोकसंवाद संवाददाता  |  शिक्षा  |  कार्तिक ३, २०७७

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका ५ ले दलित तथा अतिविपन्न बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेको छ । 

वडाध्यक्ष कृष्ण बोहराले तीन  विद्यालयका दलित तथा विपन्न विद्यार्थीका लागि झोला, कापी कलम, ज्यामिती बक्सलगायत गरी एक लाख पचास हजार रुपैयाँ मूल्य बराबरको सामग्री सहयोग गरिएको जानकारी दिनुभयो ।

यस्तै हुम्लामा कुनै समय अन्नबालीको कुटानी गर्ने काम गर्दै आएको काठले बनाइने सामग्री ९ग्याब्री० लोप हुने अवस्थामा पुगेपछि  दलित घरधुरीलाई सहयोग गरिएको छ । सदरमुकाम सिमकोटमा मात्रै नभएर कोदो, फापर, सिमी, उवा, जौ, गहुँलगायत अन्नबाली  कुटानी गर्न बनाइने ग्याब्री हुम्लाका अन्य गाउँपालिकामा समेत लोप हुने अवस्थामा  छ । यसको निर्माण सामग्री र स्टेशनरी सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले हस्तान्तरण गर्नुभएको थियो ।