चिकित्सकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको बहिरङ्ग सेवा बन्द

चिकित्सकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको बहिरङ्ग सेवा बन्द

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  कार्तिक ३, २०७७

प्युठान । प्युठान अस्पतालमा कार्यरत चिकित्सकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि अस्पतालको बहिरङ्ग विभाग सेवा बन्द गरिएको छ ।  चार चिकित्सक र आकस्मिक कक्षमा कार्यरत एक कर्मचारीलाई कोरोना सङ्क्रमणपछि ओपिडी सेवा बन्द गरिएको हो ।

अस्पताल व्यवस्थापन अधिकृत राजन घिमिरेका अनुसार अर्को सूचना नआञ्जेल ओपिडी, फिजियोथेरापी र डेन्टल सेवा बन्द गरिएको छ ।  सो अवधिमा अस्पतालमा आकस्मिक र प्रसूति सेवालाई भने निरन्तरता  दिइने जनाइएको छ ।