ज्ञानमित्र | ज्ञानविज्ञान | कार्तिक ३, २०७७
सूर्यमा पदार्थको चौथो स्वरुप प्लाज्मा रूपी हाइड्रोजनको भण्डार छ। हाइड्रोजनका दुइवटा आइसोटोप संयुक्त भएर हीलियममा परिवर्तित हुन्छन् । र, यस प्रक्रियामा एनर्जी निष्काषित हुन्छ। यही एनर्जी नै प्रकाश हो। प्रकाश के हो भन्नेबारे लामो चर्चा र अध्ययन पछि विज्ञान निष्कर्षमा पुग्यो कि प्रकाश अरु केही नभएर विकिरण (radiation) हो। हामी थुप्रै अन्य विकिरणका कुरा गर्छौ तर बुझ्नुपर्ने सत्य के हो भने हामीले हेर्ने दृश्य प्रकाश पनि विकिरण नै हो। 'इलेक्ट्रोम्याग्नेटिक स्पेक्ट्रम' सबै 'वेभलेंथ' विकिरण हुन, चाहे गामा रेज्स भन्नुस चाहे रेडियो भेवस।
'न्यूक्लियर फ्यूजन' ले हाइड्रोजनका प्रोटोन संयुक्त भएर हीलियममा रूपान्तरित हुने प्रक्रियामा उत्पादित एनर्जी (प्रकाश-फोटान ) लाई सूर्यको प्रबल गुरुत्वाकर्षण र घनत्वका कारण सूर्यको केन्द्रबाट सूर्यको सतहसम्म आई पुग्न लाख वर्षसम्म लाग्छ। सूर्यको सतहमा आई पुगे पछि फोटानले प्रकाश गतिले चारैतिर पलायन गर्छ। सूर्य सतहबाट निस्केको फोटान प्रथ्वीसम्म जम्मा ५०० सेकेण्डमा आई पुग्छ। निर्वातमा प्रकाशको गति २९९७९२.४५८ किमी प्रति सेकेण्ड हुन्छ। तर अन्य माध्यमबाट गुज्रिदा भने यसको गतिमा ह्रास आउँछ। प्रकाशको सबैभन्दा सानो कणलाई फोटान भनिन्छ। यो फोटान पनि प्लाज्मा नै हो। तपाईले चट्याङगबारे सुन्नु भएको होला, चट्यांङ पनि प्लाज्मा नै हो। अहिलेसम्म थाहा भए अनुसार प्रकृतिमा प्लाज्मा बाहेक अन्य कुनै अवस्थाको पदार्थको गति प्रकाश सरह हुन सक्दैन।
प्लाज्मा पदार्थको चौथो अवस्था हो ग्यास भन्दा पनि विरल। प्रकाशको सबैभन्दा सानो कण फोटान भाररहित हुन्छ। प्रकृतिमा प्रकाश भन्दा बढी गति किन हुन सक्दैन। गति भनेको हो के ? कुनै कारलाई निश्चित दूरीलाई पार गर्न कति समय लाग्छ त्यों नै त्यस कारको 'स्पीड' अर्थात गति हुन्छ।
speed = distance / time
प्रकृतिमा सबैभन्दा सानो दूरी (डिस्टेन्स) लाई 'प्लान्क लेंथ' भनिन्छ। यसको मान हुन्छ १.६१६२५५ ×१० को घात माइनस ३५ मीटर। यसै गरी विज्ञानले समयको सबैभन्दा सानो यूनिटलाई 'प्लान्क टाइम' भन्छ यसको मान हुन्छ ५.३९ × १० को घात माइनस ४४ सेकेण्ड।
प्रकाशलाई एक प्लान्क यूनिटको दूरी पार गर्न एक प्लान्क यूनिटको समय लाग्छ। यसैको अनुपात नै प्रकाशको गति हो।
स्पीड अफ लाइट = १ प्लान्क यूनिट डिस्टेंस /१ प्लान्क यूनिट टाइम
= १.६१६२५५ ×१० को घात माइनस ३५ मीटर / ५.३९ × १० को घात माइनस ४४ सेकेण्ड
= २९९७९२ मीटर प्रति सेकेण्ड
प्रकाशको गति यति किन हो भने यो नै यस ब्रह्माण्डको 'फन्डडामेन्टल म्याट्रिक्स' हो। यस गतिमा विकिरण, प्रकाश, गुरुत्वाकर्षण भेवस, रेडियो भेवस लगायत अन्य भेवस हिडन सक्छन। प्रकृतिमा रहेका अन्य तीन सामान्य अवस्थाका कुनै पनि पदार्थ यस गतिसम्म पुग्न सक्दैनन।
प्रकाश भन्दा तीव्र गतिले उड़ने गुड्ने सपना बुन्नू अस्वाभविक होइन। विराट ब्रह्माण्ड छ नै यति ठूलो जहाँ प्रकाशलाई नै पुग्न अर्बौ वर्षको समय लाग्छ। प्रकाशको गतिले नै ब्रह्माण्डको एक कुनाबाट अर्को कुनासम्म पुग्न अर्बौ वर्षको समय लाग्छ भने यो यात्रा कहिल्यै सम्भव न हुने कुरा जस्तै भयो। विज्ञानले प्रकाशभन्दा तीव्र गतिले उड़न सक्ने अनेकौं कल्पना गर्यो तर ती सबै कल्पना कै चरणमा छन्।
यस भौतिक संसारमा प्रकाशको गति सरह गतिको कुरा छाँड़ौ त्यसको ५०% गति पनि प्राप्त गर्न सकिदैन। गतिमा हुने 'टाइम डाइलूशन' फरक आयामको कुरा हो जुन यस त्रिआयामी संसारमा सम्भव छैन।
आधुनिक विज्ञानसँग प्रकाशको गति सरह गति गरेर 'टाइम डाइलूशन' अनुभव गर्न सक्ने कुनै उपाय त के त्यस्ता उपायको 'एबीसीडी' पनि छैन। निकट भविष्यको के कुरा ? सुदूर भविष्यमा पनि यो घटित हुने वाला छैन। यहाँनिर अलिक ध्यान दिनु होला मैले प्रकाशको गति सरह गति अथवा प्रकाशको गति भन्दा बढी गतिले उडेर 'टाइम डाइलूशन' अनुभव गर्न सक्ने उपाय छैन भनेको हूँ । विभिन्न ट्रिकले कथंकदाचित यदि प्रकाशको गति भन्दा तीव्रतर गतिले एक स्थानबाट अर्को स्थान पुग्न सकियो भने पनि 'टाइम डाइलूशन' अनुभव गर्न सकिन्न।
एउटा उदहारणले बुझौ। मानौ कुनै अग्लो पहाड़को चक्करदार बाटो उकालो चढ़ी पुनः ओरालो झरी पार गर्न ५०० किमी यात्रा गर्नु पर्छ र यस यात्रामा तपाईको कार जसको गति १०० किमी प्रति घण्टा छ यस कारलाई यो बाटो र दूरी पार गर्न ५ घण्टाको समय लाग्छ। कपोल कल्पना गर्नुस- के पी ओलीको सरकारले त्यो अग्लो पहाड़को वारितिरदेखि पारितिरसम्म एउटा सुरुङ्ग बनाई दियो। अब त्यों सुरुङ्ग मार्गबाट अग्लो पहाड़ पार गर्न उकालो चढ्नु परेन वरन पहाडभित्र प्रवेश गरी ८-१० किमीको यात्राले नै पहाड तर्न सकियो। तपाईँको त्यै कारलाई जम्मा समय लाग्यो ८-१० मिनेट । के त्यो पहाड तर्न तपाईँको कारको गति बढेर समय काम लागेको हो ? होइन वरन तपाईँको कार पहाड़ न चढ़ी पहाड़ भित्र पसी दूरी अथवा यात्रा छोटिन गएको हो।
भोली विज्ञानले एउटा आकाशगंगादेखि अर्को आकाशगंगा बिच रहेको अर्बौ प्रकाशवर्षसम्मको यात्रा गर्न सकिने कुनै उपाय पत्ता लगायो भने ती उपाय यस्तै सुरुङ्गका माफिक हुने छन् । अनेकन नाम चलेका वैज्ञानिकले ब्रह्माण्डमा यस्तो खाले सुरुङ्ग (वार्म होल) हुनु पर्ने आशय व्यक्त गरेका छन।
सन् १९१५ मा महान वैज्ञानिक आइन्स्टीनले प्रस्तुत गरेको 'जनरल रिलेटीभीटी थ्योरी'ले ब्रह्माण्डका अनेको रहस्य उजागर गर्यौ। यसै 'थ्योरी' को 'कैलकुलेशन' र सिद्धान्त अनुसार ब्रह्माण्डमा काही यस्तो पिंड पनि हुनु पर्ने हो जहाँको गुरुत्वाकर्षण शक्तिले सबै कुरालाई आफुमा समाहित गर्छ यहाँसम्म कि यसभित्र पुगेको प्रकाश पनि ठोक्किएर बाहिर निस्किन पाउँदैन।
'थ्योरी' ले संकेत गरे पनि बाँचुञ्जेल आइन्स्सटीनलाई यस कुरामा पत्यार लागेंन कि यस्तो पिंड हुन सक्छन्। उनी बितेको १५-१७ वर्ष पछि उनको निजी विश्वासलाई गलत साबित गर्दै उनको 'थ्योरी'ले गरेको संकेत प्रमाणित भयो। ब्रह्माण्डमा ब्लैक होलको खोजी गर्ने कार्यमा सफलता पाइयो। यस वर्षको भौतिक विज्ञान पटीको नोबेल पुरस्कार आइन्स्टीन कै 'थ्योरी' मा टेकेर ब्लैक होल निर्माण सम्बन्धी अवधारणा पत्र लेखेका वैज्ञानिक रोजर पेनरोज तथा हाम्रै आकाशगंगामा अति बढ़ी द्रव्यमान भएको ब्लैक होल खोजी कार्य हेतु रेनहार्ड गेंजेल तथा एंड्रेया गीजलाई प्रदान गरियो।
'जनरल रिलेटीभीटी थ्योरी' ले संकेत गरेको ब्लैक होल सम्बन्धी अवधरणाले ब्रह्माण्डमा 'व्हाइट होल' पनि (white hole ) हुनु पर्ने संकेत देखायो।
सन् १९३५ मा आएर आइन्स्टीनले अर्का वैज्ञानिक नाथन रोजेनसँगको सहकार्यमा ब्लैक होल र व्हाइट होल जोड़ने पुलको कल्पना गरे जसलाई विज्ञानमा 'Einstein–Rosen bridge thoery ' भनिन्छ। यही पुल नै वार्म होल हो। कल्पना के हो भने ब्लैक होल र व्हाइट होल एक आपसमा एउटा सुरुङ्ग मार्गले जोडिएका हुन्छन्। तिनका बिचमा लाखो प्रकाशवर्षको दूरी भए पनि सुरुङ्गले गर्दा यी बिचको दूरी कम भएको हुन्छ। कल्पना गर्नुस ब्रह्माण्डका सबै पिण्ड बिच यस्ता छोटकरी सुरुङ्ग मार्ग छन जसले दुइ पिण्ड बिच देखिएको लाखो प्रकाश वर्षको दूरी अति छोटो बनाई दिन्छ।
ब्लैक होल आइन्स्टीनको मृत्यु भएको १५-१७ वर्ष पछि मात्रै विज्ञानको संज्ञानमा आए। तर आइन्स्टीन बितेको ६५ वर्ष भई सक्दा पनि 'व्हाइट होल' र 'वार्म होल' फगत कल्पना कै कुरा हुन।
'वार्म होल' को उल्लेख यस कारणले गरिएको हो भोलीका दिनमा 'मिल्की वे' र 'एन्ड्रोमेडा' आकाशगंगालाई जोड़ने कुनै 'वार्म होल' भेटियो र यी दुबै बिच रहेको २५ लाख प्रकाश वर्षको दूरी मानौ एक दुइ दिनमै गर्न सकिने सम्भावना भयो। यी दुबै बिच प्रकाशलाई नै यात्रा गर्न २५ लाख वर्षको समय लाग्छ। र 'वार्म होल' रूपी अथवा पुल सुरुङ्गका मार्फ़त दुबै बीचको दूरी केही दिनमै पार गर्नलाई तपाई के ठान्नु हुन्छ- मानिसले प्रकाशको गतिलाई उछिन्यौ ? प्रकाश जसलाई यात्रा गर्न २५ लाख वर्ष लाग्छ त्यै दूरी मानिसले एक दुई दिन मै पूरा गर्यौ ।
एक पटक अब माथी उल्लेखित पहाड़को सुरुङ्ग प्रकरण सम्झिनुस। सुरुङ्गबाट छोटो समयमा पहाड तर्दा तपाईको गति नबढे जस्तै दुइ आकाशगंगा बिचको यात्रामा पनि तपाईँको गति बढेको हुन्न। वरन दुइ भीमकाय संरचना बिचको यात्रा छोटो दूरीबाट भएको हुन्छ।
तपाईँको गति नबढे पछि यात्रामा लाग्ने समय घटे पनि तपाई 'टाइम डाइलूशन' अनुभव गर्न सक्नु हुन्न।
यस भौतिक संसारमा प्रकाशको गति सरह गतिको कुरा छाँड़ौ त्यसको ५०% गति पनि प्राप्त गर्न सकिदैन। गतिमा हुने 'टाइम डाइलूशन' फरक आयामको कुरा हो जुन यस त्रिआयामी संसारमा सम्भव छैन।
टाइम र 'टाइम डाइलूशन' सम्बन्धमा चर्चा गर्दै केही लेख लेखे। हाम्रो त्रिआयामी संसार चौथो आयाम भनिने समय को ग्रिपमा छ। यो चौथो आयाम समय हो के वास्तवमा कसैलाई थाहा छैन ? समय के हो थाहान पाईकिन हामी यसको सीमानामा बाच्न अभिशप्त छौ। अब यस लेखन श्रंखलालाई जारी राख्न विज्ञान छाडेर अध्यात्म जगतको मानसिक यात्रामा गति गर्नु पर्ने हुन्छ तसर्थ यस लेखनलाई यही विराम दिन्छु।
यस लेखन कार्यलाई यहाँसम्म ल्याई पुर्याउनन पाठकहरुको प्रतिक्रियाले ऊर्जा दिएको हो। यस क्रममा सरुभक्त र प्रा.डा. विद्यानाथ कोइरालाको प्रतिक्रियाले मलाई निकै उत्साहित बनाई रह्यो। अर्को श्रंखला विज्ञान गॉशिप लेख्ने मूडमा छु, सानो अवकाश पछि त्यों लेखन का साथ उपस्थित हुनेछु। विज्ञान प्रेमी तथा लोकसंवाद ऑनलाइनका समस्त पाठकलाई दशैंको शुभकामना।