अमेरिकी निर्वाचन २०२० : चुनावी मुद्दामा ट्रम्प र बाइडनका नीतिगत सवाल

अमेरिकी निर्वाचन २०२० : चुनावी मुद्दामा  ट्रम्प र बाइडनका नीतिगत सवाल

लोकसंवाद संवाददाता  |  विदेश  |  कार्तिक ४, २०७७

अमेरिकामा राष्ट्रपतिको निर्वाचन आउन अब तीन साता बाँकी छ । अमेरिकी मतदातासामू राष्ट्रपति पदका लागि विकल्पका रुपमा प्रस्तुत छन्, वर्तमान राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार तथा पूर्व उपराष्ट्रपति जो बाइडन ।

अमेरिकी राष्ट्रपतिको निर्वाचन आउँदै गर्दा उनीहरुका मुख्य नीतिबारे पनि तीव्र बहस भइरहेको छ । हेर्नुहोस् अमेरिकी राष्ट्रपति निर्वाचनका प्रमुख मुद्दा र त्यसमा उम्मेदवारहरुको नीति के छ ?

कोरोना भाइरस राष्ट्रपति ट्रम्पले जनवरीको अन्त्यमा नै कोरोना भाइरसलाई लिएर एक टास्क फोर्सको गठन गरेका थिए । ट्रम्पले टास्क फोर्सको ध्यान मानिसको सुरक्षा र देशको अर्थव्यवस्थालाई कसरी खुला गर्ने भन्नेमा केन्द्रित रहेको बताएका थिए ।

राष्ट्रपति ट्रम्प कोरोना भाइरसको उपचार र खोप विकसित गर्ने कामलाई आफ्नो प्राथमिकता बनाइरहेका छन् । यसका लागि उनले १० अर्ब डलर रकम समेत दिइसकेका छन् ।

अर्कोतिर जो बाइडन एक नेशनल कन्ट्याक्ट ट्रेसिङ प्रोग्रामको गठन गर्न चाहन्छन् । उनी हरेक प्रान्तमा कम्तीमा १० परीक्षण सेन्टर स्थापित गर्न चाहन्छन् र कोरोनाको निःशुल्क उपचार हुनुपर्ने उनको मान्यता छ ।

उनी राष्ट्रपति ट्रम्प जस्तो मास्कको विरोधी हैनन् । उनले सवै सार्वजनिक स्थानमा आफ्नो मुख मास्कले ढाकेर नै जान्छन् र अरुलाई मास्क लगाउन सल्लाह दिन्छन् ।

जलवायु परिवर्तन राष्ट्रपति ट्रम्प जलवायु परिवर्तनलाई लिएर सधैं नै सन्देह प्रकट गर्दै आएका छन् । उनी ऊर्जाको यस्तो स्रोतको प्रयोग गर्न चाहन्छन्, जुन एक पटक मात्रैमात्रै प्रयोग गर्न सकियोस् ।

ट्रम्पको तेल र ग्यास निकाल्ने काम तीव्र गर्ने लक्ष्य छ । पर्यावरणसँग सम्बन्धित जुन सुरक्षा दिएको छ । त्यसमा उनी फिर्ता लिन चाहन्छन् ।

उनी पेरिस जलवायु सम्झौताबाट हटने विषयमा प्रतिबद्ध छन् । पेरिस सम्झौता जलवायु परिवर्तनका असर न्युनीकरणसँग सम्बन्धित छ । तर यो वर्षको अन्तिममा अमरीका यो सम्झौताबाट औपचारिक रूपमा बाहिरिनेछ । जो बाइडनले भने आफू राष्ट्रपतिमा निर्वाचित भएमा तत्काल पेरिस सम्झौतामा सामेल हुने बताउँछन् ।

उनी अमरीका २०५० सम्ममा कार्बन उत्सर्जनलाई शून्यको स्तरमा पुर्‍याउन चाहन्छन् । साथै सार्वजनिक स्थानमा तेल और ग्यास निकाल्नका लागि लीजमा रोक लगाउने पक्षमा छन् । साथै उनी ग्रीन एनर्जीको क्षेत्रमा दुई ट्रिलियन डलर लगानीको प्रस्ताव पनि राखेका छन् ।

जो बाइडनले भने नयाँ राष्ट्रपति निर्वाचित भएपछि मात्रै सर्वोच्चको यो पदमा पदपूर्ति गर्नुपर्ने बताउँदै आएका छन् । बाइडनले यदि सर्वोच्च अदालतले गर्भपतनलाई कानूनी अधिकार बनाउने विरुद्ध फैसला दिएमा आफूले महिलालाई गर्भपतनको अधिकारको ग्यारेन्टी दिने विधेयक पास गर्नका लागि काम गर्ने बताएका छन् ।

अर्थव्यवस्था राष्ट्रपति ट्रम्पले १० महिनामा एक करोड़ रोजगारीको अवसर पैदा गर्ने बाचा पनि गरेका छन् । साथै उनले १० लाख नयाँ साना उद्योगको स्थापना गर्ने पनि उनको योजनामा सामेल छ ।

उनी आयकरमा कटौतीपनि गर्न चाहन्छन् र कम्पनीलाई कर क्रेडिट दिन चाहन्छन् । जसबाट अमरीकामा रोजगारीमा कर्टाती गर्नेका लागि पोत्साहन मिलोस भन्ने उनको चाहाना छ ।

अर्कोतर्फ जो बाइडन उच्च आय वर्गका लागि कर बढाउन चाहन्छन । ताकि सार्वजनिक सेवामा लगानी गर्न सकियोस् । आयकरमा गरिने वृद्धि वार्षिक ४ लाख डलर बनाउनेका लागि मात्रै लागू हुन्छ ।

बाइडन राष्ट्रिय स्तरमा न्यूनतम मजदूरी बढाएर १५ डलर प्रतिघन्टा बनाउन चाहन्छन् । हाल यो प्रतिघन्टा ७.२५ मात्रै रहेको छ ।

स्वास्थ्य व्यवस्था राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति ओबामाको समयमा पारित अफोर्डेबल केयर एक्ट (एसीए) लाई अन्त्य गर्न चाहन्छन् । उत्त ऐन अनुसार निजी स्वास्थ्य बीमा प्रणालीमा संघीय सरकारको नियन्त्रण बढाइएको छ ।

साथै पहिले देखि नै बिरामी रहेकालाई बीमा नदिनुलाई गैरकानुनी बनाइएको थियो । डोनाल्ड ट्रम्पले यसमा सुधार गरेर परिवर्तन गर्न चाहेको बताएका छन् ।

यद्यपि उसको योजना के हो भन्ने बारेमा अहिले पनि स्पष्ट छैन । राष्ट्रपति ट्रम्पको लक्ष्य औषधिको मूल्य कम गर्नुपनि हो । यसका लागि उनी विदेशबाट सस्तो मूल्यमा औषधि आयात गर्न अनुमति दिन चाहन्छन् ।

तर जो बाइडन ओबामाको एसीएलाई कायम राख्न मात्रै होइन त्यसमा विस्तार गर्न पनि चाहन्छन् ।

बाइडन मेडिकेयरका लागि उमेर हदलाई ६५ बाट घटाएर ६० कायम गर्न चाहन्छन् । मेडिकेयरका अनुसार वृद्ध मानिसलाई चिकित्सा सुविधा दिने गरिन्छ । उनी सबै अमेरिकीलाई मेडिकेयरका अनुसार पब्लिक हेल्थ इन्स्युरेन्समा पञ्जीकृत हुने विकल्प दिनुपर्ने पक्षमा पनि छन् ।

विदेश नीति राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू पुनः राष्ट्रपति निर्वाचित भएमा विदेशमा रहेका अमेरिकी सैनिकको संख्यामा कटौती गर्ने बाचा दोहोर्‍याएका छन् । साथै सेनामा लगानी पनि बढाउने उनको भनाई छ । यसअघि पनि उनले विभिन्न देशमा रहेका अमेरिकी सैनिक फिर्ता गर्ने रणनीति लिएका थिए । यस्तै उनले आफूले अन्तर्राष्ट्रिय गठबन्धनलाई चुनौती दिन पनि जारी राख्ने र चीनमाथिको व्यापरिक करलाई जारी राख्ने बाचा गरेका छन् । तर बाइडेनले भने सहयोगी देशसँगको सम्बन्धमा सुधार गर्ने नीति लिने बताएका छन् ।

उनले चीनसँगको व्यापारमा पनि एकतर्फी कर नलगाउने उनको भनाई छ । यसको सट्टामा उनले अन्तर्राष्ट्रिय गठबन्धनसँग मिलेर चीनलाई जवाफदेही बनाउने र चीनले त्यसलाई बेवास्ता गर्न नसक्ने उनी बताउँछन् ।

नस्लवाद र प्रहरी अमेरिकी राष्ट्रपति ट्रम्प नस्लवाद अमरीकी प्रहरीमा व्यवस्थासँग जोडिएको समस्या भएको आफूलाई नलाग्ने बताउँदै आएका छन् ।

उनी कानुन व्यवस्थालाई लागू गर्ने ठूलो पक्षधरका रुपमा रहेको बताउँछन् । तर उनले कडा कदमको विरोध गर्नुका साथै राम्रो कार्यप्रणालीका लागि सहयोग गर्ने बताएका छन् ।

अर्कोतर्फ जो बाइडन नस्लवादलाई एक व्यवस्थागत समस्याका रुपमा लिन्छन् । उनले न्याय व्यवस्थामा नस्लवादी असमानता हटाउनका लागि नीति निर्धारित गरेको बताएका छन् । जसमा कैदीको संख्या कम गर्नका लागि प्रान्तलाई प्रोत्साहन गर्ने कुरा उल्लेख छ ।

प्रहरीलाई कोष सञ्चालन गर्न दिने माग खारेज गर्दै उनले त्यसको सट्टामा अतिरिक्त संसाधन दिनुपर्ने बताउँदै आएका छन । बन्दुक राष्ट्रपति ट्रंप ने अमरीकी संविधानको दोस्रो संशोधनलाई आफ्नै तरिकाले ब्याख्या गरेका छन् । जसमा अमरिकी नागरिकलाई हतियार राख्ने अधिकारबारे उल्लेख गरिएको छ । उनले २०१९ मा भएको गोलीबारीको घटनापछि बन्दुक किन्नेको पृष्ठभूमिको जाँच कडाइपूर्वक गर्ने प्रस्ताव गरेका थिए । तर योजनाका बारेमा केही पनि बाहिर आएन र कुनै कानुन पनि बनाएनन् ।

जो बाइडनले एसल्ट राइफलमा रोक लगाउने, समान रूपमा सबैको पृष्ठभूमि जाँच गर्ने, बन्दुक किन्ने प्रतिव्यक्ति संख्या सीमित गर्ने र लापरबाह बन्दुक निर्माता र बिक्रेतामाथि मुद्दा चलाउन सहज बनाउने प्रस्ताव राखेका छन् ।

बाइडन बन्दुकबाट हुने हिंसा रोक्नका लागि थप अनुसन्धान गर्न चाहन्छन् र यसका लागि कोष खडा गर्ने उनको योजना छ । सर्वोच्च अदालत राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो हालको कार्यकालका क्रममा सर्वोच्चमा खाली भएको न्यायाधीस पदमा पदपूर्ति गर्नु आफ्नो संवैधानिक अधिकार भएको बताउँछन् । उनले एमी कोनी बैरेटलाई सर्वोच्चको न्यायाधीसमा प्रस्ताव गरेका छन् । अमेरिकामा गर्भपतनलाई कानुनी अधिकार बनाउने विषयमा सर्वोच्च अदालतले छिट्टै फैसला गर्नुपर्नेछ । यो एक मुद्दा यसकारण बन्यो कि राष्ट्रपति ट्रम्प र जज बैरेट पहिले यसको विरोधमा आफ्नो विचार राखिसकेका छन् ।

जो बाइडनले भने नयाँ राष्ट्रपति निर्वाचित भएपछि मात्रै सर्वोच्चको यो पदमा पदपूर्ति गर्नुपर्ने बताउँदै आएका छन् । बाइडनले यदि सर्वोच्च अदालतले गर्भपतनलाई कानूनी अधिकार बनाउने विरुद्ध फैसला दिएमा आफूले महिलालाई गर्भपतनको अधिकारको ग्यारेन्टी दिने विधेयक पास गर्नका लागि काम गर्ने बताएका छन् ।