झर्रोवादी चूडामणि रेग्मीलाई अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य पुरस्कार दिइने

झर्रोवादी चूडामणि रेग्मीलाई अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य पुरस्कार दिइने

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक ४, २०७७

 झापा । रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले  नेपाली साहित्यमा काव्य, निबन्ध, कथा, समालोचना, हास्य व्यङ्ग्य, भाषा व्याकरणमा समानरुपले कलम चलाउने बहुमुखी प्रतिभा  चूडामणि रेग्मीलाई झर्रोवादी नेपाली भाषा अभियानमा उल्लेख्य योगदान पुर्‍याए बापत एक लाख एक हजार एक सय एघार रुपैयाँ राशिको अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य पुरस्कार–२०१९ प्रदान गरिने जनाएको छ  । 

प्रतिष्ठानका  अध्यक्ष गङ्गाप्रसाद ओलीले  २०७७ साल वैशाख पहिलो हप्ताभित्र समर्पण गर्ने भनिएको यो सम्मान तथा पुरस्कार वितरण कार्यक्रम कोभिड-१९ का कारणवाट परिस्थितिवश स्थगित गर्नु परेकोमा क्षमा याचना सहित सामान्य अवस्था रहेमा यस प्रतिष्ठानले सन २०२० को लागी गर्ने सम्मान तथा समर्पण कार्यक्रममा समावेश गरी प्रदान गरिने जानकारी दिनु भएको छ  । 

प्रतिष्ठानले नेपाली साहित्यमा काव्य, निबन्ध, कथा, समालोचना, हास्य व्यङ्ग्य, भाषा व्याकरणमा समानरुपले कलम चलाउने बहुमुखी प्रतिभा श्री रेग्मीले २०१२ सालमा पहिलो यात्रा नामक कथा सङ्ग्रह बाट आफ्नो साहित्यिक यात्राको थालनी गर्नु भएको, उहाँका अन्य चार कथा, आठ निबन्ध, दुई हास्य व्यङ्ग्य, सात वटा समालोचना र तीन वटा भाषा व्याकरण कृतिहरू प्रकाशित छन् । यस बाहेक दर्जनौँ साहित्यिक पत्रिकाहरूको सम्पादनमा पनि संलग्नता रहेको  भन्दै पुरस्कार प्रदान गर्ने निर्णय  गरेको जनाएको छ ।

०१२ सालमा सङ्खुवासभाबाट सुरु भएको झर्रोवादी नेपाली भाषा अभियानका अभियन्ता रेग्मी लगायतले २०१३ मा झर्रो वादी अभियानको कोशे ढुङ्गा मानिने 'नौलो पाइलो'  त्रैमासिक पत्रिका प्रकाशित गर्नु भएको थियो ।  नेपाली साहित्यकारहरूका निम्ति उत्प्रेरक  रेग्मीको, विभिन्न साहित्यिक सङ्घ संस्थाहरूमा विभिन्न भूमिकामा संलग्नता रहँदै आएको आउनु भएको । पूर्वका मोतीराम र साहित्य भास्कर उपनामले पनि चिनिनु हुने श रेग्मी साहित्यिक सद्भाव यात्राका परिकल्पनाकार र अभियन्ता पनि हुनुहुन्छ । 
२०७६ सालमा मात्रै उहाँ नई पुरस्कार, इन्जन स्रष्टा सम्मान र अम्बिका ओली राष्ट्रिय साहित्य पुरस्कार प्राप्त गर्दै साहित्य पुरस्कारमा ह्याट्रिक गर्ने पुरस्कृत साहित्य महारथी बन्नु भएको समेत प्रतिष्ठानले जनाएको छ ।

श्रीप्रसादओली स्मृति साहित्यिक पुरस्कार

प्रतिष्ठानले नै विशेष गरी गणतन्त्र नेपालको प्रदेश नं. १ र मुलुक बाहिर रहेर नेपाली भाषा, साहित्यमा सक्रिय रुपमा योगदान पु्याउने स्रष्टाहरू र सङ्घ संस्थालाई सम्मान र पुरस्कृत गर्ने हेतुले २०७४ सालदेखि लेखनाथ पुस्तकालयको सहकार्यमा कवि शिरोमणि लेखनाथ पौड्याल जन्म जयन्तीको दिन स्व.श्रीप्रसाद ओलीको स्मृतिमा प्रत्येक वर्ष  एकाउन्न हजार एक सय एघार रुपैयाँ को श्रीप्रसाद ओली स्मृति साहित्यिक पुरस्कार प्रदान गरिँदै आएकोमा तेस्रो पटक बि.सं.२०७६ को लागी नेपाल संस्कृत विश्वविद्यालयका पूर्व प्राध्यापक डा. भीम खतिवडालाई  सम्मान र पुरस्कृत हुनु भएको जनाएको छ । 

स्मरण रहोस्  प्रतिष्ठानले  महिला, कृषि, साहित्य र पत्रकारिता तथा बाल विधामा प्रत्येक वर्ष राष्ट्रिय स्तरमा मा पुरस्कृत र सम्मानित गरिने संस्थाको विधानको भावना अनुरूप सम्बन्धित विषयमा तीन जना विज्ञहरूको पुरस्कार निर्णायक समितिबाट प्राप्त सिफारिसका सामूहिक तथा सहयोगात्मक संस्कार भएको समुन्नत समाज निर्माण गर्ने दीर्घकालीन सोचलाई आत्मसात् गर्दै व्यक्तिगत तथा संस्थागत तहमा भएका अनुकरणीय कार्यहरूको पहिचान गरी प्रोत्साहन र प्रवर्धनका छैटौँ पटकसम्म सम्मान र पुरस्कार वितरण सम्पन्न गरी सकेको छ ।