उपचारका क्रममा दुई सङ्क्रमितको मृत्यु

उपचारका क्रममा दुई सङ्क्रमितको मृत्यु

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  कार्तिक ४, २०७७

चितवन । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमित एक  वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्ध रहेको कलेजले जनाएको छ । निमोनियासम्बन्धी उपचारका लागि असोज २९ गते अस्पतालमा भर्ना भएका वृद्धलाई कात्तिक ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उहाँको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमण पुष्टि भई कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उहाँको मृत्यु भएको हो ।

त्यसैगरी चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–७ का ५० वर्षीय पुरुष रहेको कलेजले जनाएको छ । गत असोज १७ गते सर्पले डसेको शङ्का लागेर अस्पताल भर्ना गरिएकोमा उहाँको १८ असोजमा कोरोना पोजेटिभ देखिएकोे थियो । स्वासप्रस्वासको समस्या आएपछि उपचारको क्रममा आज बिहान उहाँको मृत्यु भएको  हो ।