लपु महानगरपालिकाका नगर प्रहरीको पोशाक परिवर्तन

लपु महानगरपालिकाका नगर प्रहरीको पोशाक परिवर्तन

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक ४, २०७७

ललितपुर  । ललितपुर महानगरपालिकाका नगर प्रहरीको पोशाक परिवर्तन भएको छ ।  ती नगर प्रहरी आजदेखि टाई, पिक्याप, बेल्टसहित खाकी रङको कोट अनि प्यान्टस लगाएर कार्यक्षेत्रमा सहभागी भएका छन् ।  महानगरपालिकाले सोमबार ती प्रहरीलाई पोशाक हस्तान्तरण गरेको थियो । 

लपुमहानगर प्रमुख चिरीबाबु महर्जनले सो पोशाक लगाएर नगर प्रहरी स्मार्ट भएसँगै नगरलाई पनि स्मार्ट बनाइने बताउनुभयो । हाल महानगरपालिकामा ७२ नगर प्रहरी कार्यरत  छन् । ती सबैलाई पोशाक वितरण गरिएको छ । यसैगरी महानगरपालिकालाई स्मार्ट शहर बनाउन स्मार्ट सडक बत्ती र खुला स्थानमा उद्यान निर्माणको काम अघि बढाइएको महर्जनले जानकारी दिनुभयो । 

नगर प्रहरी प्रमुख सीताराम हाछेथुले विगतको पोशाक भद्दा भएकाले नयाँ ल्याइएको बताउनुभयो । उहाँले भन्नुभयो, "यो पोशाकमा हामी स्मार्ट देखिने छाैं । हामी नगरवासीको  सहयोगी साथी भएकाले अबदेखि लाठी बोक्ने छैनौँ ।' नगर प्रहरीलाई स्मार्ट बनाउन क्यामरा पनि दिइएको हाछेथुले जानकारी दिनुभयो ।