दसैँमा कोरोना सन्त्रास : मान्यजनबाट आफूलाई र आफूले मान्यजनलाई सङ्क्रमण गराउने खतरा

दसैँमा कोरोना सन्त्रास : मान्यजनबाट आफूलाई  र आफूले मान्यजनलाई सङ्क्रमण गराउने खतरा

निर्जला कक्षपति  |  दृष्टिकोण  |  कार्तिक ४, २०७७

विगत वर्ष जस्तो यसपालिको दसैँ सबै आफन्त  र मान्यजनको जमघटमा  मनाउने अवस्था रहेन ।  दुःखका साथ भन्नु परिरहेको छ, यसपालिको दसैँ घरमै मनाऔँ  आफन्तकहाँ टिका लगाउन गएर जोखिम नमोलौँ, के थाहा आफैलाई पो कोरोना सङ्क्रमण भएको छ कि ? अथवा आफन्तकहाँ नै छ कि ? मान्यजनबाट आफूलाई  र आफूले मान्यजनलाई सङ्क्रमण गराउने खतरा छ । 

हिन्दुहरूको महान् चाड दसैँ घर घरमा भित्री सकेको अवस्था छ । यदि स्थिति सामान्य हुँदो हो त आफन्तजनहरू घरघरमा भेटघाट गर्ने, रमाइलो गर्ने , साथीभाइ, आफन्तजनलाई घरमा बोलाएर खुवाउने जस्ता चहलपहलहरू भइसकेका हुन्थे । तर अहिलेको अवस्था भिन्न छ । धेरै जना दसैँलाई आफ्नो घरमा मात्र सीमित राख्ने पक्षमा छन् । घर बाहिर आफन्तजनकहाँ टिका लगाउन जाने मुड बनाइरहेको  देखिँदैनन् । कोरोनाबाट बच्ने उपाय पनि यही नै हो । अहिलेको अवस्थामा धेरैलाई ज्यान जोगाउनु नै ठुलो कुरा भएको छ । ज्यान जोगियो भने त चाडबाड भन्ने त  अर्को साल पनि मनाउन पाइन्छ ।

चाडबाडका बेला धेरैको मन खुसी छैन । जताततै अन्यौलता छाएको छ । ढुक्कका साथ काम गर्न सकिने वातावरण नभएकाले पनि होला मानिसमा यसरी अन्यौलता छाएको हुन सक्छ । यद्यपि दसैँ खुसी र उमङ्गले भरिएको चाड भने हो । 

नयाँ नयाँ कपडा लगाउने, मिठो खाने, आफन्तजन सँग भेटघाट गर्ने, आफू भन्दा ठुलाबडासँग टिका लगाउने अनि आर्सीवाद लिने नै दसैँ चाडको विशेषता हो । तर यसपालिको दसैँ पक्कै पनि यस्तो रहँदैन । 

दसैँ रमाइलोसँग मनाउन पनि खर्च गर्नु पर्ने हुन्छ । ६ ७ महिना राम्ररी काम गर्न नसक्दा आम्दानी स्वात्तै घटेको छ । आम्दानी नभएपछि मानिसले खर्च गर्न नसक्ने नै भए । कतिपय निम्न र मध्यम आयस्ता भएकाहरूलाई दर्शै पर्व कसरी गुजार्ने भन्ने पनि छ । खुसी उमङ्ग छाउनका लागि सबभन्दा पहिले आफ्नो मन नै खुसी हुनु जरुरी छ । यदि मन खुसी छैन भने जति नै रमाइलो ठाउँमा गए पनि आफू रम्न सकिराखेको हुँदैन । 

आफ्नै  छोरी ज्वाइँ हो भएका बेला मनग्य दिन सकिन्छ । दिनु नै छ, दिनु नै मन लाग्छ भने श्रीसम्पत्ति समेत दिँदा भइहाल्छ । त्यसैले चाडबाड आयो भनेर खुसी हुनेकी दुखी हुने भन्ने कुरा पनि हाम्रै हातमा छ । चाडबाडलाई जति सरल बनायो हामी त्यति रम्न सक्छौँ । हैन भने चाडबाड पनि हामीलाई बोझ लाग्न सक्छ । 

कत्तिले कोभिड-१९ का कारण आफन्तजनलाई गुमाएका छन् । कत्तिको घरमा कोभिडका बिरामी छन् । बिरामीले अस्पताल गएर उपचार गर्न पाइरहेका छैनन् । मानिसको आम्दानी मनग्य आम्दानी नहुँदा मन फुकाएर खर्च गर्न सकिने अवस्था छैन । विदेशमा पढ्न र काम गर्न गएका छोराछोरीहरू घर फर्कन सकेका छैनन् । मुख्य कुरा त कोविद सर्ला की भन्ने डर मानिसको मनमा त्यत्तिकै छ । घर बाहिर निस्कियो की फलानोलाई कोरोना लाग्यो रे भन्ने सुनिन्छ । मानिस मानिस बिच दुरी कायम गर्नु उत्तिकै जरुरी छ । 
यसपालिको दसैँ घरमा मात्र सीमित राख्नु निकै नै जरुरी पनि छ । दसैँमा टिका लगाउन जाँदा उल्टै कोरोना सरो भने के गर्नु ? यस्तो कुराको पनि बेलैमा ख्याल गर्नु जरुरी छ ।

धेरैले दसैँको टिका आफ्नो घरमा मात्र सीमित राख्ने निर्णय पनि गरेका छन् । जून निर्णय निकै नै स्वागतयोग्य पनि छ । आम्दानी नभएका बेला विधि पूर्वक टिका थाप्न जाँदा आफ्नो खर्चले नधान्न पनि सक्छ । किनभने टिका थाप्न जाँदा रित्तो हात टिका थाप्नु हुँदैन भनेर नेवार जातीहरूमा फलफूल, मरमसला राखेर टिका थाप्ने  चलन हुन्छ । यसै गरी बाहुनहरू आफूभन्दा मान्यजनसँग टिका थाप्दा दक्षिणा हालेर पनि टिका थाप्ने गर्छन् ।

गुरुङ जातीमा टिका थाप्न जाँदा रक्सी लिएर जानु पर्ने चलन हुन्छ । यति मात्र होइन ज्वाइँलाई त खाममा विशेष रकम नै छुटाउने गरिन्छ । आम्दानी नभएका बेला यी सब गर्न अत्यन्त गाह्रो हुन्छ । चलन एक ठाउँमा होला तर अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै यी चलनहरू हिलको अवस्थामा लागु नगर्दा नै बोझ कम हुन्छ । 

छोरी ज्वाइँ, भान्जा भान्जी जो आए पनि आफ्नो गच्छे अनुसारको रुपैयाँ दक्षिणाका लागि छुटाउनु नै बुद्धिमानी हुनेछ । दसैँ आफ्नो घरमा मात्र सीमित राख्नु  अति उत्तम हुनेछ । यदि छोरी ज्वाइँ आइहाले भने पनि आफूले धान्न सक्ने भन्दा बढी खर्च नगरेकै राम्रो । ज्वाइँलाई १०० रुपैयाँ दक्षिणा दिँदा  केही बिग्रँदैन । 

आफ्नै  छोरी ज्वाइँ हो भएका बेला मनग्य दिन सकिन्छ । दिनु नै छ, दिनु नै मन लाग्छ भने श्रीसम्पत्ति समेत दिँदा भइहाल्छ । त्यसैले चाडबाड आयो भनेर खुसी हुनेकी दुखी हुने भन्ने कुरा पनि हाम्रै हातमा छ । चाडबाडलाई जति सरल बनायो हामी त्यति रम्न सक्छौँ । हैन भने चाडबाड पनि हामीलाई बोझ लाग्न सक्छ ।