चाडपर्व स्वास्थ्यमैत्री बनाई मनाउन आग्रह

चाडपर्व स्वास्थ्यमैत्री बनाई मनाउन आग्रह

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक ४, २०७७

तारकेश्वर । तारकेश्वर नगरपािलकाले नजिकिँदै गरेको चाडपर्वलाई स्वास्थ्यमैत्री बनाई मनाउन आग्रह गरेको छ । नगरपालिकाले आज  सूचना जारी गरेर दशैँँतिहार तथा छठलाई लक्ष्य गरेर चाडपर्व मनाउँदा परिवेशअनुसार संस्कृति एवं परम्परालाई स्वास्थ्यमैत्री बनाई मनाउन आग्रह गरेको हो । 

नगरपालिकाले नगरवासीलाई चाडपर्व सजगता र  सावधानीका साथै घरमै बसेर विगतमा जस्तो उल्लासमय रुपमा नभई महामारीका बेला अपनाउनुपर्ने सतर्कतामा ध्यान दिई  मनाउन  अनुरोध गरेको छ ।