विपन्नलाई गाउँपालिकाकाले उपलब्ध गरायो दशैँ राहत

विपन्नलाई गाउँपालिकाकाले उपलब्ध गरायो दशैँ राहत

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक ५, २०७७

कालिकोट । कालिकोटको शुभकालिका गाउँपालिकाले गाउँपालिकाभित्रका अतिविपन्न, गरिब, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई दशैँ राहत उपलब्ध गराएको छ । दशैँ तिहारमा खर्च टार्न कठिन भएका गाउँपालिकाभित्रका २१० जनालाई राहत उपलब्ध गरिएको हो ।

उक्त वर्गका व्यक्तिलाई उपाध्यक्ष कार्यक्रमअन्तर्गत दशैँका बेला राहतस्वरुप खाद्यान्न उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईँले बताउनुभयो । उहाँले गाउँपालिकाले कोरोना कहरका कारणले दशैँमा भीडभाड, टीका थाप्न नजान, जहाँ छौँ त्यही दशैँ मानाउनका लागि नागरिकसँग आग्रह गरिएको जानकारी दिनुभयो । 'भीडभाड गर्दा कोरोना सङ्क्रमणको दर बढ्ने खतरा रहेको छ', उहाँले भन्नुभयो, 'कोरोना रोकथाम र नियन्त्रणका लागि मेला, जात्रामा भीडभाड नगर्न सबैलाई आग्रह गरेका छौँ ।'