‘तीन सन्तान जोगाएँ, आमा र श्रीमती गुमाएँ’

‘तीन सन्तान जोगाएँ, आमा र श्रीमती गुमाएँ’

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २१, २०७५

वीरगन्ज । बारा भलुहीका ३० वर्षीय भीमदास तात्वाको काँधमा ६ वर्षमुनिका तीन छोरीछोरा स्याहार्ने जिम्मेवारी आइलागेको छ। ६ वर्षीया छोरी सन्ध्या, चार वर्षीया छोरी प्रियंका र १० महिनाका छोरा सञ्जितलाई श्रीमती रुना र आमा मोतीसरी देवीले स्याहारसुसार गर्दै आएका थिए। आइतबार सााँझको विनाशकारी हावाहुरी ती सासूबुहारीका लागि मृत्यु बनेर आइदियो। तीन सन्तान जोगाएका भीमले आमा र श्रीमती भने गुमाउनुपर्‍यो।

भलुहीका स्थानीयले त्यस दिनको भयानक दृश्य बिर्सन सकेका छैनन्। साँझ छिप्पिँदै गर्दा उत्तर दिशातर्फ चर्को गड्याङगुडुङसँगै आकाशले पटकपटक क्यामराले झैं प्रकाश फालेको थियो। हावाले बिस्तारै गति लिँदै गर्दा सबैले गाईबस्तु, बाख्रा, खसी, हाँस, कुखुरा आआफ्ना घरमा पुर्‍याइसकेका थिए। जहानछोराछोरी लिएर गाउँलेहरू घरभित्र सुरक्षित हुन खोजे। त्यति बेला हावाको चाल ठीक छैन भन्ने भेउ भीमले पाइसकेका थिए। असिनाका मसिना दाना हावामा मिसिएर छरिन थाले। हावा अझ बढेपछि भीम डराए। आजकाे नागरिक दैनिकमा खबर छ ।