डीपी दाहाल 'परिश्रमी'को 'मन परेको मायाले'  नामक गीतको म्युजिक भिडियो बजारमा (भिडियोसहित)

डीपी दाहाल 'परिश्रमी'को 'मन परेको मायाले'  नामक गीतको म्युजिक भिडियो बजारमा  (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  कार्तिक ६, २०७७

काठमाडौँ । डिलाइटेड नेपालले बडा दसैँ २०७७ को कोसेली स्वरूप  मन परेको मायाले  नामक गीतको म्युजिक भिडियो सङ्गीत बजारमा ल्याएको जनाएको  छ । पछिल्लो समय चर्चामा रहेकी लोकप्रिय गायिका मलिना चौहानले गाएको यो गीत उनका हालसम्मका गीत भन्दा फरक शैलीको रहेको छ । 

गीत रचना डीपी दाहाल परिश्रमीको रहेको छ । गीतले मानवीय व्यवहारिक जीवनका वास्तविकताहरू बोलेको छ ।  मन छुने शब्दहरूले भरिएको गीतमा गहकिला शब्दहरू छन् । 
मन परेको मायाले घरबार गर्‍यो
आफ्नो भने मुटुमा घाउ चोट पार्‍यो
मनभित्रका सपना गोडेर गोडेर 
उज्यालो त गैगयो छोडेर छोडेर

लाल बहादुर सुब्बाको सङ्गीत रहेको यस गीतलाई सबिन लिम्बुले एरेन्ज गरेका छन् । यस गीतलाई मेल भोकलमा सबिन लिम्बुले पनि स्वर दिएका छन् । उनको स्वरको गीत भने केही समय पछि बजारमा आउनेछ ।  ह्वाइट मिडियाको निर्माण संयोजन रहेको भिडियोको सम्पादन एवं निर्देशन शक्तिप्रज्वल घिमिरेले गर्नु भएकाे छ । 
यसै गीत भित्रको एउटा अन्तरा यस्तो रहेको छ...

छुरा रोप्नु सपना नरोप्नु
धोकै दिनु, धोकामा नराख्नु

मायाप्रीतिमा रमाएर पछि बिछोड भएकाहरूलाई गीतले मनभित्रनै छुने कोशिश डीपी दाहाल परिश्रमी जानकारी दिनु  भएको  छ ।

 मनपरेको मायाले म्युजिक  भिडियो यहाँ सुन्न सकिन्छ