छयालिस विद्यार्थीलाई छात्रवृत्ति

छयालिस विद्यार्थीलाई छात्रवृत्ति

लोकसंवाद संवाददाता  |  शिक्षा  |  कार्तिक ६, २०७७

तनहुँ । शिक्षा विकास तथा समन्वय इकाइले ४६ विद्यार्थीलाई वैदेशिक रोजगार तथा द्वन्द्व पीडित छात्रवृत्ति प्रदान गरेको छ ।  

एकाइले नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष ननाघेका विद्यार्थीलाई उक्त छात्रवृत्ति प्रदान गरेको हो । सशस्त्र द्वन्द्वबाट पीडित, वैदेशिक रोजगारका क्रममा मृत्यु तथा अशक्त भएका अभिभावकका सन्ततिलाई छात्रवृत्ति प्रदान गरिएको एकाइका प्रमुख रमाकान्त शर्माले बताउनुभयो । 

वैदेशिक रोजगार छात्रवृत्ति ४० र द्वन्द्व पीडित छ गरी ४६ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । 'कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई वार्षिक आठ हजार र ९ देखि कक्षा १२ सम्मका लागि वार्षिक १२ हजार रुपैयाँ छात्रवृत्ति वितरण गरिएको हो', उहाँले भन्नुभयो । 

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका तथा अशक्त भएका व्यक्तिका सन्ततिलाई स्थानीय तहको सिफारिसको आधारमा छात्रवृत्ति प्रदान गरिएको एकाइ प्रमुख शर्माले बताउनुभयो ।