दक्षिण कोरिया पुलिसद्वारा ७१ वर्षपछि क्षमायाचना

दक्षिण कोरिया पुलिसद्वारा ७१ वर्षपछि क्षमायाचना

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २१, २०७५

सियोल । दक्षिण कोरियाको पुलिस संगठनले ७१ वर्षपछि क्षमायाचना गरेको छ । 

७१ वर्षपहिला जेजू द्वीपमा भएको प्रहरी नरसंहारका लागि दक्षिण कोरियाका प्रहरी प्रमुख मिन गैप थोगले धेरै निर्दाेष व्यक्ति प्रहरीको दमन चक्रले मारिएकोमा क्षमायाचना गरेका छन् । 

सन् १९४८ अप्रिल ३ मा अविभाजित कोरिया जेजू द्वीपमा वर्कर्स पार्टीका कार्यकर्ताले पुलिस थानामा आक्रमण गरेका थिए । यस आक्रमणविरुछ कारवाही गर्दै प्रहरीले व्यापक दमन गर्दै दस हजारभन्दा बढी कोरियाली नागरिकको हत्या गरेको थियो । झनै लज्जास्पद, घृणित र निन्दनीय त के थियो भने प्रहरीले ६ वर्षसम्म यस घटनाको प्रतिशोध जारी राख्यो । 

दक्षिण कोरियाका राष्ट्रपति मुनले पनि कोरियाली इतिहासको यस दुःखद् घटनाप्रति समवेदना व्यक्त गरिसकेको खबर एएफपीमा छ ।