भुवन केसी अर्थमन्त्रीको प्रेस सल्लाहकारमा

भुवन केसी अर्थमन्त्रीको प्रेस सल्लाहकारमा

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक ६, २०७७

काठमाडौँ ।  पत्रकार भुवन केसी अर्थमन्त्री विष्णु पौडेलको प्रेस सल्लाहकारमा नियुक्त  हुनु भएको छ ।  

कान्तिपुर टिभी, राजधानी दैनिक लगायत विभिन्न मिडियामा दुई दशक पत्रकारिता गर्नु भएका  केसी मिडिया र राजनीतिमा विशेष दक्खल राख्नु हुन्छ । त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता र राजनीतिमा शास्त्रमा एमए, फिलिपिन्सको एटिनियो डि मनिला युनिभरसिटीबाट सञ्चारमा एमए, नर्वेको युनिभरसिटी अफ अस्लो समर स्कूलबाट मिडिया स्टडिजमा पोष्ट ग्राज्युएट गर्नु भएका केसीले पत्रकारितामा पिएचडी गर्दै हुनुहुन्छ । 

सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष भइसक्नु भएका  केसीको सम्पादन तथा सहलेखनमा विभिन्न पुस्तक तथा अनुसन्धनमुलुक लेखहरु प्रकाशित छन् । यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा मिडिया एण्ड कम्युनिकेसन प्रमुखमा कार्यरत केसी सूचनामा सहज पहुँच, पत्रकारको हकहित तथा सुरक्षा र पत्रकारिता क्षेत्रको प्रवर्धन गर्नुपर्छ भन्ने मान्यता राख्ने गर्नु हुन्छ ।