डिसहोम फाइबर नेट अब जडीबुटी, पेप्सीकोला, काँडाघरी र बागडोलमा पनि

डिसहोम फाइबर नेट अब जडीबुटी, पेप्सीकोला, काँडाघरी र बागडोलमा पनि

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक ६, २०७७

 ललितपुर । डिसहोम फाइबर नेट जडीबुटी, पेप्सीकोला, काँडाघरी र बागडोल गरी  ४ नयाँ ठाउँमा उपलब्ध रहेको डिसहोमले जानकारी दिएको छ। 

 देश निवासीहरू माझ उच्च गतिको इन्टरनेट सेवाको माग पहिचान गरी आफ्ना डिटिएच प्रयोगकर्ताहरूलाई सेवा प्रदान  गर्न फेब्रुअरी  २०२० मा डिसहोम फाइबर नेटको प्रवर्तन गरिएको  जनाएको छ ।  

छिटो, छरितो, सस्तो, किफायती र भरपर्दो सेवाको लागि सम्पूर्ण व्यवसाय तथा देश निवासीहरू प्रति डिसहोम फाइबर नेट प्रतिबद्ध  रहेको  उल्लेख गर्दै आएको छ । सबैभन्दा महत्त्वपूर्ण डिसहोम फाइबर नेटलाई छनौट  गर्ने कम्पनीले विश्वास लिएकाे जनाउँदै सोही अनुसार लगानी गरिरहेको  जानकारी  दिएको छ ।

 साथै  कम्पनीले सिम टिभीसँगको सहकार्यमा आफ्नोआइपीएस सेवा सुरु गरिएको बत्ताएको  छ। डिशहोम फाइबर नेटले व्यवसाय तथा पारखीहरूमा बढ्दो वार लेश उपकरणहरूको प्रयोगले गर्दा वाेर्डबेण्डको विस्तारमा सहयता गर्ने उल्लेख गर्दै देशलाई सञ्चार सेवाहरूमा थप आधुनिकीकरण गर्न सहयोग पुग्ने उल्लेख छ । 

डिशहोम फाइबर नेट भैसेपाटी, बंग्मति, छम्पी, चाबहिल, कपन, बौद्ध र जोरपाटी लगायतका ठाउँहरूउपलब्ध  गराइसकेको छ भने आफ्ना सेवाहरूको विस्तार काठमाडौँ उपत्यका रिङ रोड र बाहिर समेत यही वर्ष पहुँचमा ल्याउन नयाँ योजनाहरूमा  कम्पनीले अगाडि सारी रहेको समेत जानकारी दिएकाे  छ।