मेगा बैङ्कको ‘टिक बैङ्किङ’ सेवा शुभारम्भ

मेगा बैङ्कको  ‘टिक बैङ्किङ’ सेवा शुभारम्भ

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक ७, २०७७

काठमाडाैँ । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकमैत्री अत्याधुनिक ‘टीक बैंकिङ’ सेवा शुभारम्भ गरेको जनाएको छ ।  

अत्याधुनिक प्रविधि आत्मसात गर्दै बैंकिङ सेवा प्रदान गरिरहेको मेगा बैंकले ग्राहकहरुका लागि ‘टीक बैंकिङ’ सेवा ल्याएको हो । इन्टरनेटको पहुँचमा रहेका ग्राहकहरुका लागि ‘टीक बैंकिङ’ सेवा अति नै सहज र प्रभावकारी हुने मेगा बैंकको विश्वास लिएको समेत उल्लेख गरेको छ । आफूले लिन चाहेको सेवा बारे जानकारी दिनासाथ मेगा बैंकका सम्बन्धित युनिट र विभागले ग्राहकलाई सम्पर्क गरेर सेवा उपलब्ध गराउने उल्लेख गरेको छ  । 

यो सेवा कसरी लिने  तरिका 

मेगा बैंकले दिएको जानकारी  अनुसार  सबैभन्दा पहिला ग्राहकहरुले मेगा बैंकको आधिकारिक बेबसाइट मेगा बैंक नेपाल डटकम खोल्नुपर्ने हुन्छ । जसको बायाँतर्फ सबैभन्दा अगाडि टीक बैंकिङ (Tick Banking)  उल्लेखित एउटा ट्याबमा आउँछ । यस ट्याबमा क्लिक (click) गरेपछि जुन सेवा लिन चाहेको हो, त्यो छान्नुपर्छ । त्यसपछि त्यहाँ मेगा बैंकका बचत, कर्जा, मुद्दती र डिजिटलका बिभिन्न सेवा/सुविधाहरु भेटिन्छन् । ग्राहकले त्यसमा टीक लगाउना साथै आफ्नो नाम, इमेल, मोबाइल नम्बर र सेवा लिन चाहेको शाखा कार्यालयको विवरण भर्नुपर्छ । त्यो विवरण भर्नासाथ मेगा बैंकका सम्बन्धित युनिट र बिभागले ग्राहकलाई सम्पर्क गरी सेवा प्रारम्भ गर्दछन् ।

इन्टरनेटको पहुँच बढिरहेको वर्तमान अवस्थामा ग्राहकहरुकै चाहना बमोजिम टीक बैंकिङ सेवा ल्याएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताउनुभयो । ‘यो सेवा बैंकिङ क्षेत्रमा नयाँ आयाम बन्नेछ । ग्राहकहरुको समय बचत हुनुका साथै इच्छा गरेअनुसारको सेवा तत्कालै लिन पाइनेछ । यसले स–सानो कुराका लागि जानकारी लिन बैंकमै आउनुपर्ने बाध्यता पनि अन्त्य हुने विश्वास लिएका छौं ।’– सिइओ खुञ्जेलीले भन्नुभयो ।