कर्णालीका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव असफल

कर्णालीका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव असफल

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक ७, २०७७

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा संसदीय दलको बैठकमा शाहीविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफलपछि भएको मतदानमा प्रस्तावको पक्षमा शून्य मत परेको थियो भने शाहीको पक्षमा १८ सांसदले मत जाहेर गरेका थिए । 

यसअघि नेकपाकै नेता यामलाल कँडेलसहितका प्रदेशसभाका १८ सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । संसदीय दलको बैठकमा यामलाल कँडेल पक्षका सांसदहरु अनुस्थित थिए । 

२५ असोजमा कँडेलको नेतृत्वमा पूर्व एमालेका १५ र पूर्वमाओवादीका ३ जना सांसदले हस्ताक्षर गरेपछि अविश्वासको प्रस्ताव दर्ता भएको थियो । 

तर, त्यसपछि शाही पक्षधर पूर्वमाओवादीका सांसद र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल निकटका सांसदहरुबीच सहमति भएपछि ओली पक्षधर कँडेल एक्लिएका थिए । 

मुख्यमन्त्री शाही अब माधवकुमार नेपाल पक्ष र पूर्व माओवादी पक्षीय नेताहरुलाई समेटेर मन्त्रिपरिषद पुनर्गठन गर्नेछन् । उनले यसअघि नै प्रमुख सचेतकमा गुलाबजंग शाहलाई हटाएर सीता नेपालीलाई ल्याइसकेका छन् ।