देशभरि तीन दिनसम्म पानी पर्ने

देशभरि तीन दिनसम्म पानी पर्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २१, २०७५

काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले आगामी तीन दिनसम्म देशभरको मौसम बदली हुने र  अधिकांश ठाउमा पानी पर्ने सम्भावना रहेको   जानकारी दिएको छ।

बुधबार रातिदेखि कमजोर रुपमा पूर्वमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवायुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हल्कादेखि मध्यम वर्षा गराउने महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिनुभएको छ ।

उक्त प्रणाली क्रमशः विकसित भई आगामी शनिबारसम्म कायम रहन सकुने अनुमान  मौसम पूर्वानुमान महाशाखाले गरेको छ । काठमाडौँ उपत्यकामा आज दिउँसो केहीबेर मौसम सफा भई घाम लाग्ने र अन्य स्थानमा भने तत्काल मौसम सफा नहुने पनि विभागले जनाएको छ ।

राति देशको पूर्वी र मध्य भूभागमा आंशिक बदली रही पश्चिमी भूभागका एक,दुई स्थानमा मेघगर्जनसहित पानी पर्ने  सम्भावना रहेको छ।  शुक्रबार देशका मध्य भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानाकारी दएको छ।  शुक्रबार देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम पानीको सम्भावना रहेको औँल्याइएको छ।