असार पहिलो साता मुरलिधरको एकल साँझ

असार पहिलो साता मुरलिधरको एकल साँझ

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  चैत्र २१, २०७५

काठमाडौं । नेपाली गायक तथा कलाकार मुरलिधरको एकल साँझ हुने भएको छ।

भारतीय फिल्म जगतमा स्थापित रहेका मुरलिधरसँग सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले सम्झौता गरेर उनको कार्यक्रम आयोजना गर्न लागेको हो । 

‘उडायो सपना सबै हुरीले...’ लगायतका अनेकौं कर्णप्रिय गीत गाएका मुरलिधरले आउँदो असार ६ गते राष्ट्रिय नाचघरको हलमा स्वर्णिम साँझमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 

भारतलाई कर्मथलो बनाएका मुरलिधर नेपालमा निकै रुचाइएका गायक हुन्। नाचघरका वरिष्ठ कार्यक्रम प्रमुख प्रभाकर शर्माले कलाकारको सम्मान र नाचघरलाई व्यावसायिक रूपमा स्थापित गर्न कार्यक्रम आयोजना गर्न लागिएको बताए ।