प्रसंग फेरि पनि भारतीय चुनावकै

प्रसंग फेरि पनि भारतीय चुनावकै

सरोज ज्ञवाली  |  दृष्टिकोण  |  चैत्र २१, २०७५

यही अप्रिल र मे महिनामा हुन गइरहेको भारतीय लोकसभाकोे चुनावले गर्दा सम्पूर्ण भारतीय मिडिया रङ्गीएका छन् । भारतमा चुनावको चर्चा, आंकलन, घोचपेच हुनलाई सामान्य नै भन्नुपर्छ.

 नेपालमा पनि भारतीय चुनावप्रति चासो हुनाले नेपाली मिडियामा पनि भारतीय चुनावको समाचारले स्थान पाइरहेका छन् । 

वस्तुपरक तथा सही विश्लेषणसहित विचार प्रस्तुत गर्ने कार्यलाई अन्यथा भन्नु जरुरी छैन । तर केही वर्ग तथा मिडिया बुझ्दै नबुझी एकोहोरो तवरले कुनै दल वा व्यक्तिप्रति खोइरो खन्ने कार्य गरेको देख्दा उदेक लाग्छ । नेपाली समाज केही हदसम्म मोदीप्रति नकारात्मक धारणा राख्छ । यो भन्दैमा जिम्मेदार मिडियाले उडन्ते खबरलाई प्रश्रय दिनु चाँही दुर्भाग्य नै हो । हालको भारतको चुनावलाई अन्तराष्ट्रिय समुदायबाट पनि विशेष महत्वका साथ हेरिरहिएको परिप्रेक्ष्यमा भारतीय जनता पार्टी र इण्डियन नेशनल काँग्रेस मध्ये कसले बहुमत हासिल गर्ला वा एनडिए वा यूपिए घटकमध्ये कसले सरकार चलाउला भन्ने विषय नै चर्चाको कारक रहेको छ । 

यस मिडिया हाउस लोकसंवादले भारतीय चुनावको परिप्रेक्ष्यमा वस्तुपरक ढंगले विश्लेषण होस भनेर निरन्तर रुपमा भारतीय चुनावी विषयका सामग्रीहरु प्रकाशित गर्दै आइरहेको छ । यसको सिलसिला यसै पंक्तिकारको लेख ‘प्रियंकाको अग्निपरिक्षा’ माघ १८, २०७५ मा प्रकाशित लेखले गरेको थियो । उक्त लेखमा व्यक्त भएका विचार तथा दृष्टिकोण हाल आएर सार्थक भइरहेका छन् । 
लेख वस्तुपरक ढंगले लेखिएमा  सत्यको नजिक पुग्ने सम्भावना रहन्छ । उक्त लेखमा प्रिंयकाको रजनीतिक भविष्यबारे चर्चा गरिएको थियो । प्रियंकालाई विना तयारी, कुनै योग्यता विना, गान्धी परिवारको धरोहरको रुपमा मात्र उतार्दा कांग्रेसलाई प्रत्युपादक हुन्छ भनेर टिप्पणी गरिएको थियो । अनि प्रियंकाले मन्दिरहरुको भ्रमण गर्दा प्रियंका वाड्रा गान्धीलाई आफ्नो धर्मको परिचय दिन मुश्किल पर्ने कुरा पनि व्यक्त गरिएको थियो । 

यसै क्रममा वसन्त कुमार उपाध्यायको लेख ‘भारतीय निर्वाचनः के होला त परिणाम’मा विभिन्न सर्वेक्षणलाई आधार बनाई एनडिएले २२५ देखी ३३६ सिट ल्याउन सक्ने र यूपिएले ६६ देखि १६७ सिटसम्म ल्याउने सम्भावना व्यक्त गरिएको थियो । यसैक्रममा ज्ञानमित्रको लेख ‘भारतमा कांग्रेसको ४४ सिट आउन पनि मुश्किल’ चर्चित हुन पुग्यो । हुन त उहाँका यस विषयक तीन लेख ‘मोदी लहरबाट अप्रभावित यी राज्यहरु’, ‘पूर्वबाट सूर्यमात्र होइन कमल पनि उदाउँछ’ र ‘के मोदीले गर्न पाउलान मनकी वात’ पनि प्रकाशित भइसकेका छन् । तर लेख ‘भारतमा कांग्रेसको ४४ सिट आउन पनि मुश्किल’ मा क्रिया–प्रतिक्रिया आउने क्रम अझै रोकिएको छैन् । किन नहोस् त, लेख नै दमदार थियो । वस्तुपरक ढंगले लेखेको भए पनि केही व्यक्तिले पुरै लेख नपढी शीर्षककै आधारमा आफ्नो अभिव्यक्ति जाहेर गरे ।

यसै क्रममा, माघ २२, २०७५ मा प्रकाशित लेख ‘भारतीय चुनावको चियोचर्चा’ मा विभिन्न मिडियाको चुनावी आंकलन प्रस्तुत गरिएको थियो । उक्त समयमा, एविपी न्यूज च्यानलले भाजपा नेतृत्वको एनडिएले २३३ सिट ल्याउने र कांग्रेस नेतृत्वको यूपिएले १६७ सिट ल्याउने अनुमान बारे चर्चा गरिएको थियो । यस्तै प्रकारले इन्डिया टुडेको भनाई अनुसार एनडिएले २३७ र यूपिएले १६६ सिट ल्याउने अनुमानको गरिएको थियो । यी दुबै मिडिया हाउस कांग्रेसप्रति सफ्ट कर्नर राख्ने रुपमा चिनिन्छन् । यस लेखमा प्रष्टसंग भनिएको थियो, मोदी हटाउने नारा मात्र दिएर चुनावमा जाँदा विपक्षी खेमाले पहिलेको भन्दा पनि बढी सिट गुमाउने सम्भावना हुन्छ । 

यसै सिलसिलामा काश्मिरको पुलावामामा १४ फेब्रुवरीमा भएको आत्मघाती बम विस्फोटनको घटनामा आधारित ‘भारत–पाक युद्धको संघारमा’ फागुन ७, २०७५ मा प्रकाशित भएको थियो । उक्त लेखमा प्रष्टसँग भनिएको थियो कि भारतले ‘सर्जिकल स्ट्राइक’ भन्दा भिन्न किसिमले प्रतिशोधात्मक कारवाही गर्छ । यसै लेखमा काश्मिरमा भइरहेको गतिविधिले, आगामी लोकसभाको चुनावमा ठूलो प्रभाव पार्ने आंकलन गरिएको थियो ।  

 फागुन २९, २०७५ मा प्रकाशित लेख ‘उतारचढावपूर्ण नेपाल–भारत सम्बन्ध र भारतको आसन्न निर्वाचन’ मा लेखिएको थियो भारतमा एनडिए गठबन्धनले पूर्ण बहुमत ल्याउने र यसले नेपाल र भारतको सम्बन्धमा दुरगामी प्रभाव पार्ने उल्लेख गरिएको थियो । फागुन २८, २०७५ मा प्रकाशित लेख ‘स्किजोफ्रेनियाबाट ग्रस्त भारतीय राजनेता’ मा ममता वनर्जीको  हठपूर्ण व्यवहारले भारतको राजनीतिमा तरङ्ग ल्याउँछ भन्ने चर्चा गरिएको थियो । चैत्र ७, २०७५ मा प्रकाशित लेख ‘नेपाली मिडिया किन मोदीप्रति असहिष्णु छन्’ले नेपाली बुद्धिजीवी अनावश्यक रुपले मोदीप्रति असहिष्णु रहेको र यसले नेपाल र भारतबीचको सम्बन्धमा दरार ल्याउने सम्भावना इंगित गरिएको थियो । 

यसै क्रममा वसन्त कुमार उपाध्यायको लेख ‘भारतीय निर्वाचनड्ः के होला त परिणाम’मा विभिन्न सर्वेक्षणलाई  आधार बनाई  एनडिएले २२५ देखी ३३६ सिट ल्याउन सक्ने र यूपिएले ६६ देखि १६७ सिटसम्म ल्याउने  सम्भावना व्यक्त गरिएको थियो । यसैक्रममा ज्ञानमित्रको लेख ‘भारतमा कांग्रेसको ४४ सिट आउन पनि मुश्किल’ चर्चित हुन पुग्यो । हुन त उहाँका यस विषयक तीन लेख ‘मोदी लहरबाट अप्रभावित यी राज्यहरु’, ‘पूर्वबाट सूर्यमात्र होइन कमल पनि उदाउँछ’ र ‘के मोदीले गर्न पाउलान मनकी वात’  पनि प्रकाशित भइसकेका छन् । तर लेख ‘भारतमा कांग्रेसको ४४ सिट आउन पनि मुश्किल’ मा क्रिया–प्रतिक्रिया आउने क्रम अझै रोकिएको छैन् । किन नहोस् त, लेख नै दमदार थियो । वस्तुपरक ढंगले लेखेको भए पनि केही व्यक्तिले पुरै लेख नपढी शीर्षककै आधारमा आफ्नो अभिव्यक्ति जाहेर गरे । 

एकजना व्यक्तिले लेखकलाई योगी आदित्यनाथको समर्थकका रुपमा व्यङ्ग गरे । अर्का व्यक्तिले लेखकलाई भाजपाको समर्थकका रुपमा व्याख्या गरे । अनि अर्का व्यक्तिले लेखक भाजपाको मुखपत्रमा कार्य गर्ने भनेर लान्छना लगाए । अर्का व्यक्तिले रिस पोख्दै लेखे—  कांग्रेसले आगामी चुनावमा बहुमत ल्याउँछ । प्रतिक्रिया र आलोचना गर्नु पाठकको नैसर्गिक अधिकार हो ।  प्रतिक्रिया दिनेहरुले तथ्य र विश्लेषण गर्दै आफ्नो भनाई राखेको भए त्यो स्वीकार्य नै हुन्थ्यो, तर तथ्यहिन तथा आवेशात्मक तवरले प्रतिक्रिया दिँदा आफू हाँसोको पात्र भईन्छ भन्ने कुराको ख्याल राख्नु पर्ने हो सबैले । 

उक्त लेखमा विभिन्न स्रोतबाट संकलित डाटा प्रस्तुत गरिएका थिए । सन् १९६७ मा कांग्रेस पार्टीले ४०.८ प्रतिशत मत ल्याएर २८३ सिट जितेको थियो । यस्तै प्रकारले सन् १९७७ मा ३४.५० प्रतिशत मत ल्याएर १५४ सिट, सन् १९८४ मा ४८.५ प्रतिशत मत ल्याएर ४१५ सिट, सन् १९८९ मा ३९.५ प्रतिशत मत ल्याएर १९७ सिट, सन् १९९१ मा ३६.४० प्रतिशत मत ल्याएर  
२४४ सिट, सन् १९९६ मा २८.८ प्रतिशतले १४० सिट, सन् १९९८ मा २५.५ प्रतिशतले  १४१ सिट, सन् १९९९मा २८.३ प्रतिशतले  ११४ सिट, सन् २००४ मा २७.५ प्रतिशतले १४५ सिट, सन् २००९ मा २८.७ प्रतिशतले २०६ सिट र सन् २०१४ मा १९.५ प्रतिशतले ४४ सिट जितेको थियो ।

जनमतको आधारमा हेर्ने हो भने कांग्रेसले ४० प्रतिशत भन्दा माथि मत पाएमा पूर्ण बहुमतको सरकार र २८ प्रतिशतदेखि माथि मत पाएमा मिलिजुली सरकार एवं  २० प्रतिशत भन्दा तल मत पाएमा सरकार गठन गर्ने हैसियत गुमाउँछ । 

सन् २०१४को चुनावमा कांग्रेस अप्रत्याशित  रुपले पराजित भएको थियो । यो कुनै पनि चुनावी पंडितले गरेको सर्वेक्षण भन्दा बाहिरको घटना हुनपुगेको थियो । सम्रगमा हेर्दा बहुसंख्यक हिन्दीभाषी क्षेत्रमा कांग्रेसको कमजोर प्रर्दशन नै गत निर्वाचनमा पराजयको कारण बनेको थियो । २०१९ को चुनावीे सर्वेक्षणले पनि कांग्रेसको बहुसंख्यक हिन्दीभाषी क्षेत्रमा खासै स्धार हुने स्थिति देखिएको छैन् । विहारमा गठवन्धनमा सम्मिलित कांग्रेसले जम्मा ९ सिटमा चुनाव लड्दैछ । सबैभन्दा पछिल्लो चुनावी सर्वेक्षणले देखाए अनुसार विहार राज्यमा कांग्रेसले एक सिट पनि जित्ने सम्भावना रहेको छैन् । पश्चिम बंगालमा महागठवन्धनको प्रयास भएपनि आखिरमा आएर कांग्रेसले राज्यका वामदल, तृणमूल कांग्रेस र भाजपासँग प्रतिस्पद्र्धा गर्दैछ । यहाँ पनि कांग्रेसको खाता नखोलिने अनुमान चुनावी सर्वेक्षणले देखाएका छन् । उडीसामा पनि बीजु जनता दल र भाजपाकै मुख्य प्रतिस्पद्र्धा रहेको छ । यहाँ पनि कांग्रेसको खाता खोलिने सम्भावना शुन्य नै छ । 

उत्तर प्रदेशमा सपा र बसपा गठवन्धनले कांग्रेसलाई स्थान दिएनन् । मुख्य प्रतिस्पद्र्धा सपा र बसपा गठवन्धन तथा भाजपाकै बीचमा हुनगइरहेको छ उत्तर प्रदेशमा । २०१४को निर्वाचनमा कांग्रेसले यस राज्यबाट दुई सिटमा विजय प्राप्त गरेको थियो । तर २०१९को निर्वाचनमा आफ्नो स्थिति मूल्यांकन गर्दै कांग्रेस अध्यक्ष राहुल गान्धी केरलको वायनाडबाट पनि चुनावमा होमिएका छन् । यस राज्यमा कांग्रेसको दुई भन्दा बढी सिट आउने आंकलन कुनै पनि चुनावी सर्वेक्षणले देखाएका छैनन् । 
कांग्रेसको आशाको केन्द्रविन्दु पंजाव, झारखण्ड, छत्तिसगढ, केरल मात्रै हुन् । 

यस्तै गत वर्ष सम्पन्न तीन राज्यको विधान सभामा सरकार बनाउन सफल भएपनि केन्द्रको चुनावमा कांग्रेसको स्थितिमा कुनै खासै प्रगती भएको चुनावी सर्वेक्षणले देखाएका छैनन् । गुजरातबाट ५–६ सिट, मध्यप्रदेशबाट ५–६ सिट, राजस्थानबाट ५ सिट भन्दा बढी कांग्रेसले जित्ने सम्भावना देखिंदैन । २०१४को निर्वाचनमा कर्नाटक राज्यमा पाएको ९ सिट यथावत नरहने हो भने कांग्रेसलाई सम्मानजनक स्कोर पुर्‍याउन धौ धौ नै पर्नेछ । 

चुनाव नजिंकिदै जाँदा सबै राजनीतिक दलले आफ्नो प्रचार अभियान तिव्र बनाएका छन् । तर कुनै पनि दलसँग राष्ट्रिय स्तरमा मोदीलाई चुनौती दिनसक्ने अनुहारको सर्वथा अभाव छ । भारतमा आगामी लोकसभामा कुनै पनि दलको बहुमत आए पनि नआए पनि प्रधानमन्त्रीमा मोदीनै दोहोरिने निश्चित झैं देखिएको छ । महागठवन्धनको जति चर्चा चले पनि ‘हंग पार्लियामेण्ट’ भएको खण्डमा युपिएको नेतृत्व हुने सम्भावना अत्यन्त क्षीण बनेको छ ।

‘हंग पार्लियामेण्ट’ भएमा सरकारको साँचो आन्ध्र प्रदेशका वाइएसआर कांग्रेसका नेता वाइएस जगमोहन रेड्डी र तेलंगानाको टिआरएस दलका नेता के चन्द्रशेखर रावको हातमा हुनेछ । यी दुबैको युपिएलाई समर्थन गर्ने किञ्चित पनि ठाउँ छैन् । त्यसो त चुनाव अघि जतिसुकै विरोधको स्वर मुखरित गरेपनि ‘हंग पार्लियामेण्ट’ भएको खण्डमा उत्तर प्रदेशको बसपा दलको नेतृ मायावतीले पनि युपिए गठवन्धनलाई समर्थन गर्दिनन् । उडिसाका नविन पटनायक पनि युपिएमा जाँदैनन् । यी चारै जना व्यक्तिले भाजपा नेतृत्वको एनडिएलाई नै समर्थन गर्नेछन् ।     

लोकसंवादले प्रारम्भदेखि लेख्दै आएको भाजपाको सरकार बन्ने स्थितिमा कुनै परिवर्तन आएको छैन । माथि हंग पार्लियामेण्टको चर्चा गरिएपनि यस्तो हुने सम्भावना कुनै पनि मत सर्वेक्षणले देखाएका छैनन् । भाजपाले आफ्ना पूरानै साथीसँगको सहकार्यमा आवश्यक पर्ने सिट संख्या २७२ सजिलै पार गर्ने अनुमान यथावत नै छ ।     

याे पनि 

प्रियंकाको अग्निपरीक्षा

भारतीय चुनावको चियोचर्चो

उतारचढावपूर्ण नेपाल–भारत सम्बन्ध र भारतको आसन्न निर्वाचन

स्किजोेफ्रेनियाबाट ग्रस्त भारतीय राजनेता

नेपाली मिडिया किन मोदीप्रति असहिष्णु छन् ?