हावाहुरीपीडितलाई २५ लाख सहयोग

हावाहुरीपीडितलाई २५ लाख सहयोग

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २२, २०७५

बारा । बारालगायत तराईका जिल्लामा हावाहुरीले पु-याएको क्षतिको व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले २५ लाख सहयोग उपलब्ध गराउने भएको छ ।

बिहीबार बसेको कार्यपालिकाको बैठकले जनप्रतिनिधि र कर्मचारीको १ दिनको पारिश्रकिबाट संकलन हुने रकम उपलब्ध गराउने निर्णय गरेको हो । ‘हावाहुरी प्रभावितका लागि राहातस्वरूप २५ लाख सहयोग गर्ने निर्णय भएको छ,’ प्रवक्ता ईश्वरमान डंगोलले भने । आजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।