अनमी र तीन सशस्त्र प्रहरी सहित सम्पर्कमा आएका गरेर ३२ जनाको स्वाब सुर्खेत पठाइयो

अनमी र तीन सशस्त्र प्रहरी सहित सम्पर्कमा आएका गरेर ३२ जनाको स्वाब सुर्खेत पठाइयो

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  कार्तिक १२, २०७७

हुम्ला । जिल्ला अस्पताल हुम्लाले मङ्गलबार ३२ जनाको पिसिआर परिक्षणका लागी स्वाब सङ्कलन गरेको छ । कात्तिक दुई गते स्वाब सङ्कलन गरी ४ गते पोजेटिभ देखिएका एक अनमी र तीन सशस्त्र प्रहरी सहित उनीहरुको सम्पर्कमा आएका गरेर ३२ जनाको स्वाब सुर्खेत पठाइएको छ । 

पाेजेटिभ देखिएका चार जना सहित उनका सम्पर्कमा आएका स्वास्थ्यकर्मी र सशस्त्र प्रहरी, एक ड्राइभरको स्वाब आज बुधबार विहान सुर्खेत पठाइएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले बताउनुभयो । हुम्लामा हालसम्म नौ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने चार सक्रिय सङ्क्रमित रहेको सूचना अधिकारी फडेराले बताउनुभयो ।