विशेष महाधिवेशन बोलाउन हस्ताक्षर संकलन गर्ने असन्तुष्ट कांग्रेस जिल्ला सभापतिकाे चेतावनी

विशेष महाधिवेशन बोलाउन हस्ताक्षर संकलन गर्ने असन्तुष्ट कांग्रेस जिल्ला सभापतिकाे चेतावनी

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २२, २०७५

काठमाडाैं । कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरूले महासमितिको निर्णयअनुसार पार्टी अघि नबढे विशेष महाधिवेशन बोलाउन हस्ताक्षर अभियान चलाउने चेतावनी दिएका छन् । पुस पहिलो साता बसेको महासमिति बैठकले केन्द्रीय सदस्य पनि तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने र समानुपातिकतर्फ एउटै व्यक्तिलाई उम्मेदवारमा नदोहोर्‍याउने सर्वसम्मत निर्णय गरेको थियो । तर, केन्द्रीय समितिको बहुमतबाट उक्त निर्णय उल्ट्याइएको भन्दै जिल्ला सभापतिहरू असन्तुष्ट छन् । 

यसअघि पनि निर्णय सच्याउन र महासमितिको भावनालाई आत्मसात् गर्न ५६ जिल्ला सभापतिले २१ फागुनमा पार्टीसमक्ष लिखित आग्रह गरेका थिए । तर, पार्टीले निर्णय नसच्याएपछि पुनः अल्मिेटम दिएको उनीहरूले बताएका छन् । कार्यकर्ताको भावना, महासमिति बैठकमा सदस्यहरूबाट व्यक्त विचारअनुसार नेतृत्व अघि बढ्नुपर्ने उनीहरूको माग छ । आजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।