प्रहरीले भेट्टायो लाख रुपैयाँको झोला

प्रहरीले भेट्टायो लाख रुपैयाँको झोला

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक १४, २०७७

टीकापुर । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरीले भेटाएको करिब एक लाख रुपैयाँ नगद, मोबाइल र गहना सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । बिहीबार दिउँसो साढे ४ बजेको समयमा टीकापुर–लम्की सडकखण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दार नरबहादुर ठगुन्नाले सडक किनारमा रातो ढाकाको लेडिज ब्याग फेला पार्नुभएको हो । 

फेला परेको झोलाभित्र ९९ हजार ६४० रुपैयाँ नगद, मोबाइल, एक जोर पाउजु र एटीएम कार्ड रहेको थियो । झोला टीकापुर नगरपालिका–१ ब्लक नं १९ का मञ्जु कुँवरको रहेको र उहाँलाई बोलाई जिम्मा लगाएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिनुभयो ।