प्रधानमन्त्रीसँग मुख्यमन्त्रीहरूले भने– 'एउटै कार्ययोजना लागू भएन'

प्रधानमन्त्रीसँग मुख्यमन्त्रीहरूले भने– 'एउटै कार्ययोजना लागू भएन'

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २२, २०७५

काठमाडौँ । सातवटै प्रदेशका मुख्यमन्त्रीले प्रदेश सरकार प्रभावकारी सञ्चालनका लागि केन्द्रले कुनै काम नगरिदिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्टि पोखेका छन् । राष्ट्रिय विकास परिषद्को बैठकमा सहभागी हुन काठमाडौं आएका बेला बिहीबार प्रधानमन्त्रीसँग समय मागेर बालुवाटार पुगेका उनीहरूले पुस ३ को अन्तरप्रदेश बैठकले बनाएको २९ बुँदे कार्ययोजनाअनुसार कुनै पनि काम नभएको गुनासो गरे ।

 

समयसीमा तोकेरै तयार पारिएको कार्ययोजना कार्यान्वयन नहुँदा प्रदेश सरकार सञ्चालनमा अप्ठ्यारो परेको उनीहरूले बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्रीकै निर्देशनअनुसार तयार गरिएका विषय कार्यान्वयन नभएको बताए । ‘२९ बुँदे कार्ययोजनामा कुन काम कहिलेसम्म गर्ने भनेर समय निर्धारण गरिएको थियो, संघीयता कार्यान्वयनका कानुन फागुनभित्र बनाइसक्ने कुरा थियो,’ उनले भने, ‘कुनै पनि काम तोकिएको समयसीमाभित्र भएन । भएका केही काम पनि बैठकको भावनाअनुसार गरिएन ।’ आजको कान्‍तिपुर दैनिकमा खबर छ ।