निगमले घटाएन मूल्य

निगमले घटाएन मूल्य

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २२, २०७५

काठमाडौँ । आयल निगमले उच्च नाफा कमाउन इन्धनको मूल्य यथावत् राखेको छ । भारतीय आयल निगम (आईओसी) ले पठाएको सूचीअनुसार इन्धनमा अप्रिल १ देखि १५ सम्म करिब ४२ करोड रुपैयाँ नाफा छ । जसअनुसार दैनिक २ करोड ८० लाख रुपैयाँ नाफा हुन्छ ।

यति धेरै नाफा हुँदासमेत निगम आफैंले बनाएको स्वचालित मूल्य प्रणाली कार्यविधिअनुसार मूल्य समायोजन गरिएको छैन ।

 

कार्यविधिअनुसार आईओसीले प्रत्येक महिनाको १ र १५ तारिखमा नयाँ मूल्यसूची पठाउँछ । सोहीअनुसार निगमले मूल्य समायोजन गर्नुपर्छ । गत माघ १९ गतेकै समायोजन अहिलेसम्म कायम छ । ‘मूल्य समायोजन नहुँदा दुई महिना अवधिमा साढे २ अर्ब रुपैयाँ नाफा भएको छ,’ निगमका एक अधिकारीले भने, ‘पारदर्शी राख्न मूल्य घटाउनुपर्ने थियो, तर प्रणालीविपरीत भयो ।’

घाटा हुँदा देखाउने तर नाफामा तथ्यांक लुकाउनु गलत भएको उनले बताए । सरकारले ०७१ असोजदेखि पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा स्वचालित मूल्य प्रणाली लागू गरेको हो । प्रणालीले अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्यमा घटबढ हुनुपर्छ । आजकाे कान्‍तिपुर दैनिकमा खबर छ ।