सीताराम नेपालका तीन  लघुकथा

सीताराम नेपालका तीन  लघुकथा

सीताराम नेपाल  |  साहित्य  |  कार्तिक १५, २०७७

प्रतिक्षा

बाह्रवर्षमा खोला फर्कन्छ भन्थे तर तिमी खोला भन्दा नि निठुरी भएर पछिसम्म फर्केनौ । म तिमीलाई पर्खिन विवश पर्खिरहेँ । तिमीलाई पर्खेरै जीवन बिताएँ र जब म हल न चल भएँ अनि सुनेँ तिमी आउदै छौ रे !  यो सुनेर मलाई लाग्यो- बत्तीको तेल सकिन लाग्दाको तिम्रो आगमन के काम लाग्छ र ? फेरि सुन्दैछु विखनडनकारी रक्त पिपासुहरूले तिम्रो बाटो छेक्दैछन् रे !....

के तिमी आउँदैछौ त यो धिप धिपे दियो निभेको हेर्न ? साच्चै हो के ?  म कोमामा नपुग्दै तिमी मकहा आउँछौ के ?

नभन्दै विकास र समृद्धि लिएर उ मलाई भेट्न आउदा मेरो प्राण पखेरू उडी सकेको थियो र

थपिएको उर्जा

परम्परादेखि पुर्खाहरूको सुझबुझले बनेको हाम्रो सामाजिक बन्धन चुडाल्ने उग्रबादी संकीर्णबादीको हतियारबाट त्रसित थियो नेपाली समाज र जताततै तलका सम्बाद कुनै न कुनै रुपमा सुनिन्थ्यो र !

- तँ खसबाहुन ! तेरा पुर्खाले मेरो पुर्खाको राज्य बलजफ्ती हडपेको थियो । यो राज्य हाम्रो पुर्खाको सम्पत्ति मलाई तुरुन्त फिर्ता गर ।

- के भन्छ यो ? बहुलायो कि क्या हो ? कसले भन्यो साथी तँलाई यो बेतुके कुरा ?

- के को साथी ? तँ शोषकको सन्तान रैछस । आजबाट तँ दुश्मन । खुरुक्क यो हाम्रो राज्यबाट भागिहाल ! नत्र मर्लास !

- के भन्दैछस तँ ?  किन म तेरो शत्रु ? मैले तँलाई त्यत्रो गुण लगाको बिर्सिस ? पुर्खाले आर्जेको यो थातथलो छाडेर म कहाँ जाने ?
-........दिनभित्र घर छाडेर भागिनस भने घरसङ्गै जिउदै जल्नेछस ।

--------
- स्याबास साथीहरू ! तपाईँहरुको यो अदम्य साहशलाई जोसिलो सलाम । पुर्खाले गुमाएको तपाईंहरूको राज्यलाई हाम्रो पार्टीले फिर्ता दिलाइ छाड्छ ।

 (पहिलो बिधान सभाको कुरा । बाहुनजातिका लालफित्ते नेताले घर भाडने उर्जा अरू थपि दिए ।)

 

बदलिएको सामन्तबाद
                                                                           
दोस्रो जनआन्दोलन सफल भएको सम्झनामा नेताहरूले उदघोस गरे - 'हामीले तपाईंहरूको साथ सहयोगबाट युगौं देखिको सामन्तबाद समाप्त पार्‍यो ।  अब नेपालमा कोही सामन्ती छैनन् न त छन् रैती '  ढाक्रेदेखि हिजोका राजा महाराजा सबै नेपाली, सबै जनता  'हामी सबैले समान अधिकार प्राप्त गरेका छौ' । 

-अहोरात्र काम गरेकै स्थानबाट आफ्ना नेताहरूको भासन सुनेका बले, मसली, रामे, सुन्तली, पसिना काढेर आक्रोस गुन्गुनाए -'ए तेसै भएर होला तीनदिन लाग्ने काम आजै सक्नु पर्छ भनेर गोर्खे लौरी लगाएका'-  'टाउकामा तिलचामल छरी दात झरेका लाले र रतिले एकै साथ बोले -'यिनले ०४६ सालको परिवर्तनमा पनि टुँडिखेलको खुला मन्चबाट यसै भनेका थिए ।