आशा भर्सेस झुठ

आशा भर्सेस झुठ

कमल शिशिर  |  साहित्य  |  कार्तिक १५, २०७७

आए जस्तो गर्ने तर नआउने,
चले जस्तो गर्ने तर नचल्ने,
खुल्छ जस्तो गर्ने तर नखुल्ने,
बन्द होला जस्तो गर्ने तर घुमिरहने,
केही होला जस्तो गर्ने तर नहुने,
आशा लाग्ने तर निरास बनाउने,
होला होला भन्दै चोला बिति जाने।
अरे सास रहुन्जेल आस बाकी रहने।

-------------

हैट ! तिमी, तिम्रो माया,
एन.टि.सि.को ईन्टरनेट,
गफाडि राजनितिक संस्कार,
समृद्धिका कुरा उस्तै लाग्छन् ।
--------------

आए जस्तो गर्नु र आउनुमा फरक छ।
लाग्नु र हुनुमा फरक छ।
लाले दमाईको वाल्यकालमै,
प्रजातन्त्र आए जस्तो गरेको कि आएको ?
उसले आफ्नो बैसमा सहनाई 
तरुनी फकाउन मात्र बजाएन,
आन्दोलनको रापमा उसको सहनाई
ढाल बनेर अगाडि बढिरह्यो,
बहुदल आयो भन्दा
उ नाचेको कि नचाइएको ?
मुज्जा परेको आफ्नो आस्कोट जस्तै
मुज्जा परेको अनुहारमा,
के लोकतन्त्र र गणतन्त्रले दिएको
खुशी झल्काएर उ गयो बराज्युको आगनमा
र बजायो साना काजिको बिहेको बाजा ?
प्रिय सरकार, प्रिय प्रियसि, प्रिय एन.टि.सि.
के अब पनि झुट बोल्छौ ?


तम्घास गुल्मी