‘गोदी मिडिया’लाई ‘लाज ढाक्ने’ चटारो ! पाकिस्तानी संसद्मा ‘मोदी, मोदी’ भन्दै चिच्याएको समाचार प्रवाह !!

‘गोदी मिडिया’लाई ‘लाज ढाक्ने’ चटारो ! पाकिस्तानी संसद्मा ‘मोदी, मोदी’ भन्दै चिच्याएको समाचार प्रवाह !!

लोकसंवाद संवाददाता  |  विदेश  |  कार्तिक १६, २०७७

भारतीय सञ्चारमाध्यमका लागि पछिल्लो समयमा प्रयोग गरिने एउटा शब्द चर्चित हो, ‘गोदी मिडिया’ । भारतीय सञ्चारमाध्यम देशभित्र र बाहिरका समाचारले सत्यभन्दा पनि सत्ताको प्रवक्ता बनेर हरेक समाचार, विश्लेषण प्रस्तुत गरिरहेका हुन्छन् । खासगरी भारतीय सञ्चारमाध्यम नरेन्द्र मोदी नेतृत्वको सरकारको विस्तारवादी छिमेक नीतिका प्रचारकका रुपमा समय समयमा देखिने गरेका छन् । 

माल्दिभ्समा भारतको इच्छाविपरितको सरकार आउँदा होस् या पाकिस्तानी सेनासँग काश्मीरको नियन्त्रण रेखामा भएको भिडन्त र भारतीय सेनाले पाकिस्तान प्रशासित काश्मीरको बालाकोट क्षेत्रमा २६ फेब्रअरी, २०१९ मा गरेको हमला होस्, भारतीय सञ्चार माध्यम यस्तो प्रचारमा उत्रिए कि त्यो युद्धको नेतृत्व नै उनीहरूले गरिरहेका छन् जस्तो आभास हुन्थ्यो । यसै वर्षको सुरुमा पाकिस्तानले जारी गरेको काश्मीरसहितको नक्सादेखि नेपालले आफ्नो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नक्सा जारी गरेपछि भारतीय सञ्चार क्षेत्र नै नयाँ प्रोक्सी वारमा नै उत्रियो । 

भारतीय सञ्चारमाध्यम यस्ता फन्डा चलाउन साँच्चै माहिर मानिन छन् । विषय वस्तुको सत्यताभन्दा १८० डिग्री उल्टो दिशामा समाचार सम्प्रेषण गरिरहेका हुन्छन् । भारतीय सञ्चारमाध्यमले गर्ने यस्ता गतिविधिको भारतमै तीव्र आलोचना समेत हुने गरेको छ । केही समयअघि भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीका छोराले भारतीय सञ्चारमाध्यम ‘फेक समाचार उत्पादन गर्ने कारखाना’ भएको टिप्पणी गर्न बाध्य भएका थिए । एक व्यक्तिले भारतीय सञ्चारमाध्यमविरुद्ध ‘द हिन्दु’ पत्रिकामा श्रद्धाञ्जली नै छपाउने ठाउँमा नै पर्‍याएको थियो । 

यी नै भारतीय सञ्चारमाध्यममा अहिले पाकिस्तानी सांसदले मोदीको नारा लगाए भन्ने चर्चा व्यापक मात्रामा प्रचार प्रसारको चलाइएको छ । केही भारतीय सञ्चारमाध्यमले पाकिस्तानको संसद्मा सांसदहरूबिच चर्काचर्की बहस भइरहेका बेला जानाजान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिइएको दाबी गरिएका समाचार आए । 

फ्रान्समा केही साताअघि एक शिक्षकको टाउको काटेर हत्या गरिएको घटनासँग सम्बन्धित विषयमा संसद्मा भइरहेको बहसमा मोदीको नाम जानाजान लिइएको भारतीय सञ्चारमाध्यमहरुले दाबी गरिरहेका छन्  । 

तर के पाकिस्तानका सांसदहरूले साँच्चै संसद्मा भारतीय प्रधानमन्त्रीको नाम लिएका हुन् ? गत सोमबार पाकिस्तानका विपक्षी नेता खवाजा आसिफलगायत अन्य सांसदहरूले एउटा प्रस्तावमाथि मतदानका लागि दबाब दिएका थिए ।

र्काचर्की बहस भएको समयमा कुरैशीले विपक्षीले सशस्त्र फौजभित्र फुट ल्याउन खोजेको र उनीहरूले पाकिस्तान विरोधी विवरण दिएको आरोप लगाएका थिए । त्यसपछि सरकार समर्थकहरूले उर्दू भाषामा स्पष्ट रूपमा ‘मोदीका जो यार है, गद्दार है, गद्दार है’ अर्थात् मोदीका जो मित्र हुन् ती देशद्रोही हुन् भनेका थिए ।

पेरिसनजिकै पैगम्बर मोहम्मदको विवादास्पद कार्टुन देखाएर कक्षामा पढाएको भन्दै एक जना शिक्षकको हत्या गरिएको थियो । सो विवादास्पद कार्टुन छापिएको विषयमा आपत्ति जनाउँदै एउटा प्रस्तावमाथि मतदान हुनुपर्ने उनीहरूको माग थियो । ती शिक्षकको हत्यापछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले सिङ्गो मुस्लिम समुदायलाई लक्षित गरी दिएको प्रतिक्रियाले मुस्लिम विश्वलाई आक्रोशित बनाएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि यसको आलोचना गरेका थिए । 

तर सरकार र विपक्षी दलहरू सो विवादलाई लिएर आ–आफ्नै प्रस्ताव पारित हुनुपर्ने पक्षमा रहेका छन् । 

बहसका क्रममा विदेशमन्त्री शाह महमुद कुरैशीले सदनलाई सम्बोधन गर्नै लाग्दा, विपक्षी सदस्यहरूले ‘भोटिङ, भोटिङ’ अर्थात् मत हालौँ भन्दै चिच्याए । सरकारको प्रस्तावमाथि नभई आफ्नो पक्षले प्रस्तुत गरेको प्रस्तावमाथि मत हाल्नुपर्ने उनीहरूको माग थियो । 

कुनै प्रसङ्ग बिना दुई मिनेटको छोटो त्यही दृश्य मात्रै भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा प्रसारण र प्रकाशन भयो । टाइम्स नाउ, इण्डिया टिभी, द इकोनोमिक टाइम्स र सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले यसैलाई विपक्षीहरूले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई असजिलो पार्न ‘मोदी, मोदी’ भन्दै चिच्याएको दाबीसहित समाचार प्रवाह गरे । यो गलत समाचार प्रकाशन र प्रशारण गरेपछि भारतीय सञ्चारमाध्यम एक पटक फेरि ‘लाज ढाक्ने’ दौडधुप गर्नुपर्ने अवस्थामा पुगेका छन् । 

द इकोनोमिक्स टाइम्सले आफ्नो समाचार नै हटाएको छ भने टाइम्स नाउले आफ्नो ट्वीट समेत मेट्न बाध्य छ । तर पाकिस्तानी बहसको सो सामग्रीसहितको समाचार इन्टरनेटमा छँदै छ ।

मोदीको नाम संसदमा आएको थियो ?

मोदीको नाम बहसका क्रममा अलग सन्दर्भमा लिइएको थियो । विदेशमन्त्री कुरैशीले बहसका क्रममा विपक्षीहरूले ‘भारतको धारणा’ कै पक्षमा बोलेको आरोप लगाएका बेला मोदीको नाम आएको थियो ।

चर्काचर्की बहस भएको समयमा कुरैशीले विपक्षीले सशस्त्र फौजभित्र फुट ल्याउन खोजेको र उनीहरूले पाकिस्तान विरोधी विवरण दिएको आरोप लगाएका थिए । त्यसपछि सरकार समर्थकहरूले उर्दू भाषामा स्पष्ट रूपमा ‘मोदीका जो यार है, गद्दार है, गद्दार है’ अर्थात् मोदीका जो मित्र हुन् ती देशद्रोही हुन् भनेका थिए ।

भारतीय सञ्चारमाध्यममा आएका समाचारमा यो कुनै पनि सन्दर्भ जोडिएको छैन । पाकिस्तानमा विपक्षी सांसदहरूले नरेन्द्र मोदीको नाम लिएको दाबी गरिएको र समाचारमा उल्लेख गरिएको प्रसंग अलग अलग समय र सन्दर्भका हुन् । 

केही समयअघि भारतसँगको सीमा विवादबिच भारतसँग लड्न नेपालले लडाकु विमान किनेको भन्दै फरक प्रसङ्गको तस्बिरसहितको समाचार भारतीय सञ्चारमाध्यममा आएको थियो । 

यस्ता गलत घटना, सूचना र सन्दर्भ घटना भारतीय सञ्चारमाध्यममा सामान्य बनिसकेका छन् । हालै मात्र पाकिस्तानको चराकीमा गृहयुद्ध सुरु भयो भन्ने समाचार भारतीय सञ्चारमाध्यममा आएका थिए । जुन कुरा पूर्णतः गलत थियो । यसले भारतीय सञ्चारमाध्यम छिमेकी देशका विषयमाथि कति संवेदनहीन छन् भन्ने समेत पुनः एक पटक पुष्टि समेत भएको छ ।