दिल्लीलाई हराउँदै हैदरावाद शीर्षमा

दिल्लीलाई हराउँदै हैदरावाद शीर्षमा
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र २२, २०७५

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) को अंक तालिकामा सनराइजर्स हैदरावाद शीर्ष स्थानमा उक्लिएको छ ।

बिहीबार राति दिल्ली क्याप्टिललाई हराएपछि हैदरावाद अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । यसअघि किंग्स इलेभन पञ्जाव शीर्ष स्थानमा थियो ।

हैदरावादले चार खेलबाट ६ अंक बटुलेको छ । समान अंक भए पनि पञ्जावलाई रनरेटका आधारमा पछि परेको हो । 

समान ६ अंक रहेको चेन्नई अंक तालिकाको तेस्रो स्थानमा छ । समान चार खेल खेलेका यी टिमले तीन–तीन खेलमा विजयी हासिल गरेका छन् । 

यसरी हार्यो दिल्ली 

सनराइजर्स हैदरावादले दिल्ली क्यापिटललाई पाँच विकेटले हराएको छ ।

बिहीबार राती सम्पन्न खेलमा टस हारेर ब्याटिङ गर्न आएको दिल्लीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२९ रन बनायो । जसका दिल्लीका कप्तान श्रेयस ऐयरले ४१ ब्लमा ४३ रनको पारी खेले । अन्यले सामान्य रन बनाउनुबाहेक खासै योगदान दिन सकेनन् । आठौं नम्बरमा ब्याटिङ गर्न आएका अलराउन्डर अक्षर पटेलले १३ बलमा २३ रन ठोकेपछि दिल्लीले १२९ रनको योगफल बनाउन सक्यो ।

हैदरावादका भुवनेश्वर कुमार, मोहम्मद नावी र सिद्धार्थ कौलले समान दुई विकेट लिए भने रासिद खान र सन्दीप शर्माले एक विकेट लिए । 

सामान्य लक्ष्य पछ्याएको हैदरावादले १८.३ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य भेटायो । उसका लागि म्याद अफ दि म्याच जोनी बेरस्ट्रोले २८ बलमा ४८ रनको पारी खेले ।